back
CTIZAN AD

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव

वि.सं.२०८२ जेठ १४ बुधवार

639 

shares

किएभ । मस्कोलाई उसको तीन वर्षे आक्रमण रोक्न बाध्य पार्न खोजिरहनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको आह्वान गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले यस महिनाको सुरुमा टर्कीमा जेलेन्स्कीलाई भेट्ने आह्वानलाई अस्वीकार गरे र क्रेमलिनले दुई नेताबीच कुनै प्रकारको ‘सम्झौता’ भएपछि मात्र बैठक हुने बताएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपतिले पुटिन र जेलेन्स्की दुवैले युद्ध अन्त्य गर्न सम्झौता नगरेकोमा निराशा व्यक्त गरेका छन् ।

“यदि पुटिन द्विपक्षीय बैठकमा सहज हुनुहुन्न भने वा यदि सबैले यसलाई त्रिपक्षीय बैठक बनाउन चाहन्छन् भने मलाई कुनै आपत्ति छैन । म कुनै पनि ढाँचाका लागि तयार छु”, जेलेन्स्कीले बुधबार प्रकाशित पत्रकारहरूलाई दिएको टिप्पणीमा भने ।

उनले ‘ट्रम्प-पुटिन-म’ बैठकको लागि ‘तयार’ भएको बताए र वासिङ्टनलाई मस्कोको बैंकिङ र ऊर्जा क्षेत्रमा कडा प्रतिबन्धहरूको प्याकेज लगाउन आग्रह गरे ।

“हामी संयुक्त राज्य अमेरिकाबाट प्रतिबन्धहरूको प्रतीक्षा गरिरहेका छौँ”, जेलेन्स्कीले भने, “यदि रुसले रोकेन भने, प्रतिबन्धहरू लगाइनेछ भनेर ट्रम्पले पुष्टि गर्नुभयो । हामीले उहाँसँग दुई मुख्य पक्षहरू छलफल ग¥यौँ – ऊर्जा र बैंकिङ प्रणाली । के अमेरिकाले यी दुई क्षेत्रमा प्रतिबन्धहरू लगाउन सक्षम हुनेछ ? म त्यो धेरै चाहन्छु ।”

रुसले तत्काल युद्धविरामका लागि गरिएको समन्वित पश्चिमी अपिललाई अस्वीकार गरेपछि मस्कोमाथि नयाँ प्रतिबन्धको घोषणा नगरेकोमा जेलेन्स्कीले यसअघि वासिङ्टनप्रति निराशा व्यक्त गरेका थिए ।

जेलेन्स्कीले बोलेको केही घण्टापछि युक्रेनले रुसमाथि आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन आक्रमण सुरु ग¥यो । मस्कोको रक्षा मन्त्रालयका अनुसार देशमा झन्डै तीन सय ड्रोन प्रहार भयो ।

रुसी अधिकारीहरूले आक्रमणबाट थोरै मात्र क्षति भएको बताएका छन् ।

युद्धक्षेत्रमारुसले उत्तरपूर्वी सुमी सीमा क्षेत्रको वरिपरको अग्रपङ्क्तिमा ५० हजारभन्दा बढी सेना ‘जम्मा गरिरहेको’ बताए । त्यहाँ मस्कोको सेनाले युक्रेनी भूभागभित्र पुटिनले ‘बफर जोन’ भनेको स्थापना गर्न खोज्दै धेरै बस्तीहरू कब्जा गरेको छ ।

जेलेन्स्कीले युक्रेनले शान्ति सम्झौताको मागमा रुसबाट प्रतिज्ञा गरिएको ‘ज्ञापनपत्र’ अझै प्राप्त नगरेको पनि बताए । एएफपी/फाइल फोटो

वि.सं.२०८२ जेठ १४ बुधवार १५:०१ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...