back
CTIZAN AD

सम्मानजनक जीवन यापनका उपाय

वि.सं.२०८२ जेठ १५ बिहीवार

3K 

shares

एक सम्मानजनक जीवनको अर्थ हो जहाँ व्यक्तिहरूलाई सम्मानको साथ व्यवहार गरिन्छ र तिनीहरूको छनोटहरूमा स्वायत्तता हुन्छ, तिनीहरूको परिस्थितिको पर्वाह नगरी । यसले खाना, आश्रय, र स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकताहरू पूरा गरेको र आफ्नो जीवनको बारेमा निर्णय गर्ने स्वतन्त्रतालाई समेट्छ। यसमा अर्थपूर्ण सामाजिक सम्बन्ध र समाजमा सहभागी हुने अवसर पनि समावेश हुन्छ। गरिमा भौतिक कल्याणको बारेमा मात्र होइन; यो आत्म–सम्मान, उद्देश्य, र आफ्नो मूल्यहरूसँग मिल्ने जीवन जिउने क्षमताको बारेमा पनि हो ।

१. सम्मानजनक जीवनका आधारहरु
सामाजिक संरचनाहरूले सबै व्यक्तिहरूको लागि निष्पक्षता, समावेशीकरण र समर्थन सुनिश्चित गरेर सम्मानजनक जीवनलाई बढावा दिन सक्छ। यसमा समावेश छः
१. पहुँचयोग्य स्वास्थ्य सेवा र शिक्षाः विश्वव्यापी पहुँच प्रदान गर्दै ताकि सबैले आफ्नो क्षमता पूरा गर्न सकून् ।
२ सामाजिक सुरक्षा सञ्जालहरूः आधारभूत आवश्यकताहरू पूरा गर्न कल्याणकारी कार्यक्रमहरू, बेरोजगारी लाभहरू, र आवास सुविधा।
३. कानुनी सुरक्षाः भेदभाव रोक्न, मानव अधिकारको संरक्षण गर्ने र कमजोर समूहहरूलाई संरक्षण गर्ने कानुनहरू।
४. आर्थिक अवसरहरूः निष्पक्ष रोजगारी अभ्यासहरू र वित्तीय स्वतन्त्रतालाई बढावा दिन उद्यमशीलताको लागि सहयोग ।
५. समावेशी नीतिहरूः विविधता र सीमान्तकृत समूहहरूको निर्णय प्रक्रियामा सहभागितालाई प्रोत्साहन गर्ने ।
६.  सामुदायिक सहयोग र सहभागीताः सामाजिक एकता, सम्मान, र समझ निर्माण ।

२.सम्मानजनक जीवन प्रवद्र्धनका रणनीतिहरु
हाम्रो जस्तो समाजमा सम्मानपूर्वक जीवनयापन गर्न निम्नलिखित रणनीतिहरुमा ध्यान दिनु पर्ने देखिन्छ —
१.शिक्षा र स्वास्थ्यमा पहुँच
शिक्षा र स्वास्थ्यमा पहुँच बढाई नागरिकहरुलाई रोजगारमूलक उच्च शिक्षा हासिल गर्न जोड दिने ।समाजका सदस्यप्रति सदभाव, प्रेम, करुणा, आपसी सहयोग गर्दै एकतामा जोड दिने । शिक्षा र स्वास्थ्य एक अर्कासंग जोडिएको विषय हो । शिक्षित र स्वस्थ व्यक्तिले नै आफ्नो जीवनमा तरक्की गर्न सक्छन् । समुदायमा आफ्नो सामाजिक मर्यादा स्थापित गर्न समर्थ हुन्छन् । साधारण शिक्षा भन्दा प्राविधिक शिक्षामा जोड दिएमा स्वः रोजगार सिर्जना गर्न सहयोग पुग्दछ ।

२.आय आर्जन
नियमित आम्दानी हुने उद्योग, व्यापार व्यवसाय संचालन गरी स्वरोजगारी हुने । अर्काको नोकरी गर्नुले स्वाभिमान कायम हुँदैन । जहाँ पनि उद्योगी व्यवसायीले आफ्नो आर्थिक तथा सामाजिक उन्नति गरेको पाइएको छ । उद्योग व्यवसाय गर्न जहिल्यै पनि पहल गर्नुपर्छ । चुप लागेर कहिल्यै बस्नु हुँदैन । कृषिमा व्यावसायीकरणः निर्वाहामुखी कृषि पेशा त्यागेर व्यवसायिक कृषिमा जोड दिने । कृषिमा आधुनिकीकरण गरेर आफ्नो तरक्की गर्न सकिन्छ । हाम्रो प्रचलित कृषि पेशाले उँभोलाग्न सकिदैन । यसलाई व्यवसायी रुपलेवजारिकरण तर्फ उन्मुख गराए मात्र यसले मनग्ये आम्दानी दिन सक्दछ । जहिल्यै पनि उत्पादन गर्दा बजारलाई ध्यान दिएर व्यवसाय गरेर राम्रो मुनाफा कमाउन सकिन्छ । नेपालको विकासको लागि कृषिमा हरित क्रान्ति र पशुपालनमा श्वेतः क्रान्ति आवश्यक छ । नेपालमा औद्योगिक क्रान्तिको लागि पनि कृषिमा आधारित उद्योग व्यवसायको विकास हुन आवश्यक देखिन्छ ।

३.राज्यका निकायमा पहुँच
राज्यका निकायमा पहुँच बढाउन नेतृत्व क्षमताको विकास गर्ने । शुरुदेखि नै सचेत, संगठित र संघर्षशील भएमा मात्र राज्यका निकायमा पहुँच बढाउँन सकिन्छ । गाउँपाललिका, नगरपालिका, प्रदेश र संघीय सरकारमा आफ्नो क्षमता अनुसार सहभागीता जनाउँदै सरकारमा पहुँच तथा पकड् बढाउन प्रयासरत रहनु पर्ने आवश्यकता देखिन्छ । राज्यका निकायमा पहुँच बढाउन राजनीतिक दलमा आवद्धता तथादलीय गतिविधीमा विशेष चासो तथा सरोकार राख्नु पर्ने हुन्छ ।

४.राजनीतिक शक्ति आर्जन
दलित, जनजाति, देशभक्त मधेसी र अन्य शोषित पीडित जनतासंग हातेमालो गर्दै वास्तविक ताकत अनुसार राजनीतिक नेतृत्व प्राप्त गरी राज्यसत्ताको वागडोर सम्हाल्नु पर्छ । नेपाल एउटा बहुजाति, बहुधार्मीक, बहुभाषिक र बहुसांस्कृतिक विविधता भएको मुलुक हो । यहाँ एउटा मात्र जात, धर्म र भाषाको बाहुल्यता छैन । अरुसंग रणनीतिक साझेदारी नगरिकन सत्तामा पुग्न संभव देखिदैन ।

५.नेतृत्व
नेतृत्वमा रहने हरेक पदाधिकारीले सदाचार, सादा जीवन र उच्च विचार अंजीकार गर्दै देश र जनताको पक्षमा अनवरत सेवा गर्ने । नेतृत्व स्वच्छ, पारदर्शी, सदाचार र मीतव्ययी हुन आवश्यक छ । मुहान सङलो नभइकन नदी सफा नभए जस्तै नेता स्वच्छ छवीको नभई देश उभो लाग्न सक्दैन् । अहिले नेपालको सबभन्दा ठूलो रोग भने कै भ्रष्टाचार हो । भ्रष्टाचारमा व्यापक कमी नभएसम्म देश र जनताको तरक्की हुन सक्दैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्नु पर्ने देखिन्छ । भनाइ र गराइमा एकरुपता नआएसम्म ओठे भक्ति जप्दैमा केही हुने वाला छैन । ठूला ठूला सैदान्तिक राजनीतिक भाषण र चिप्ला कुराले मात्र चिउरा भिज्दैन । यसको लागि त ठोश नीति तथा कार्यक्रम, बजेट र जनमूखी योजना समुदाय स्तरमा क्रियान्वयनको जरुरत पर्दछ ।

६.सुशासन
देशमा शान्ति, सुशासन, संमृद्धि, र जनजीविकाको ग्यारेण्टी गर्ने नीति, रणनीति, कानुन, निर्देशिका, योजना र कार्यक्रम तर्जुमा गरि संचालन गर्ने । सोही अनुसार योजना स्थलमै प्रभावकारी अनुगमन र मूल्याङ्कन गरी असल काम गर्नेलाई पुरस्कार र भ्रष्टचारीलाई कडा दण्ड दिने व्यवस्था लागु गर्नु पर्ने देखिन्छ ।

७.अग्रगमन
अग्रगमनकोपक्षमा दृढ भएर लाग्नेर संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रगतिशील शासन प्रणालीको वकालत गर्ने र सो व्यवस्थाको संस्थागत विकास गर्न निरन्तर पहल गर्ने । पश्चगमनको बाटो समाएर प्रगति नहुन सक्छ । समयको माग अनुसार जो चल्न सक्छ उस्ले नै उत्रति गर्दै सगरमाथाको शिखर चुम्न सक्छ ।

८.दिगो विकास तथा वातावरणीय संतुलन
मानव अधिकार, आवधिक निर्वाचन, स्वतन्त्र प्रेश, जनजीविकाको ग्यारेण्टी, सहभागितात्मक विकास प्रक्रिया, पर्यावरणको संरक्षण, भूसंरक्षण, पानीका मुहान संरक्षण, दिगो वातावरणिय संतुलन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन कार्य, हरेक सवालका विषयगत उपभोक्ता समूहरुमा सदस्यता लिने, हरेक मानवप्रति मैत्री, करुणा, आपसी समादर, अहिंसा, प्रेम जस्ता आदर्शमा विश्वास गर्दै सोही अनुरुप पर्यावरण तथा प्रकृतिमैत्री आचरण गर्ने ।

९.ज्येष्ठ नागरिकप्रति सम्मान
जेष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवका खानी हुन । उहाँहरुबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्छन् । यो एउटा जीवनबाट जीवन सिक्ने ज्ञानको हस्तान्तरण गर्ने प्रक्रिया हो । मानव जीवन हरेक क्षण अथवा हरेक सेकेण्ड परिवर्तनशील छ । मानव शरिरमा पुरानो कोषहरु मर्ने र नयाँ कोषहरुको निर्माण हुने प्रक्रिया निरन्तर चलिरहन्छ । त्यसकारण हामीले हरेक क्षण नयाँ जीवन प्राप्त गरिरहेका हुन्छौं । भौतिक रुपमा हेर्दा मानव बालक, युवा र वृद्ध गरी तीन अवस्थामा मात्र परिवर्तन भएको देखिए ता पनि वैज्ञानिक रुपमा हरेक क्षण परिवर्तन भइरहन्छ । हामीले जेष्ठ नागरिकहरुको सम्मान गर्नु परम कर्तव्य हुनेछ । हामी सबै जनाले यो चक्रमा गुज्रनु नै छ । आफ्ना समाजका सबभन्दा जेष्ठ व्यक्ति, जेहन्दार छात्र छात्रा, विद्वान व्यक्तित्व, शोधकर्ता आदिलाई हरेक वर्ष सम्मान गर्ने परिपाटीको सुरुवात गर्नु पर्ने देखिन्छ । यो केही हदसम्म हुँदै आएको पनि छ । तर यति मात्र पर्याप्त छैन । अझ धेरै गर्न बाँकी छ । हुन त यो समाजमा निरन्तर चलिरहने प्रक्रिया नै हो ।

१०.बाल बालिका र नारीप्रति सम्मान
बालबालिकाहरु हाम्रा आसा र भरोसाका केन्द्र हुन । आफ्ना सन्ततिहरुलाई असल शिक्षा र संस्कार दिन सके मात्र सुसभ्य र सुसंस्कारयुक्त नागरिक बन्न सक्ने छन् । साथै महिलाहरु प्रिवारका ज्ञानका स्रोत, सीप र संस्कारका जननी हुन । आमा नै नवजात शिशुका पहिला गुरु हुन, पालन पोषण गर्ने पालक र बिरामी पर्दा हेरचाहाँ गर्ने पहिला नर्स र चिकित्सक पनि हुन । भनिन्छ, एउटा महिला शिक्षित भइन भने परिवार नै शिक्षित हुन्छ । महिला ज्ञानका खानी, अभिभावक, शिल्पकार, व्यवस्थापक र वास्तविक अर्थमा परिवारका अगुवा हुन । त्यसैले महिलाको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ । जुन घरमा नारीको सम्मान हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ, अन्य परिवारका सदस्यहरुमा समेत सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु, सुस्वास्थ्य, संपन्नता, आनन्द र विवेकशीलता प्राप्त हुने छ ।

११.सहकारी संस्थाको सदस्यता
सहकारी भनेको एक अर्कामा सहयोग आदान प्रदान गर्ने सबभन्दा भरपर्दो, विश्वासिलो र नजिकको संस्था हो । वास्तवमा सहकारीको सदस्य बनेर आफ्नो नेतृत्वमा सहकारीको कुशल व्यवस्थापन गर्नु भनेको स्थानीय सत्ताको अभ्यास गर्नु सरह हो । यो उत्पादन, बजारीकरण, वचत तथा ऋण आदि प्रकृतिका हुन सक्छन् । यसको सदस्य भएमा एक आपसमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र भाइचाराको संवन्ध स्थापना हुन्छ । दुःखमा सहयोग र सुखमा हाँसो साटासाट गर्न सकिन्छ । मर्दा मलामी र बिहेमा जन्ती यसले नेतृत्व विकास गर्न पनि मद्दत गर्दछ । आफ्ना शुभ चिन्तकहरु मिलेर आवश्यकता अनुसार सहकारी खोल्न सकिन्छ । दाजु—भाइ तथा दिदीबहिनीहरुलाई एकताको सूत्रमा बाँध्ने यो एउटा महत्वपूर्ण संस्था हो । समुदायमा सामाजिक पँुजि निर्माण गर्न र आवाज विहीनहरुको आवाज मुखरित गर्न हरेक नागरिकहरुलाई यसलेठूलो टेवा पु¥याउँछ । त्यसैले सहकारीको सदस्य बन्नु हरेक बन्धुहरुको अधिकारको साथै कर्तव्य हुने छ । अहिले केही व्यक्तिहरुको भ्रष्ट क्रियाकलापका कारणले सहकारी बदनाम भए पनि यसको सिद्धान्तहरु राम्रा छन् ।सहकारीको सिद्धान्त परिपालन गरी संचालित संस्थाहरुले अहिले पनि राम्रो काम गरी रहेको पाइन्छ ।

१२.कम्पनीको सेयर खरिद
आय आर्जन गर्नकोलागि कृषि वाहेक विभिन्न निजि कम्पनीको सेयर खरिद वा यसमा लगानी गरेर भविष्यमा आय आर्जन गर्न सकिन्छ । पूँजीवादी समाजमा आय आर्जन गर्ने यो एउटा नयाँ माध्यम हो । तर यसमा लागानी गर्दा अध्ययन गरेर राम्रो कम्पनीको छनोट गर्न सक्नुपर्छ । यस्ता निजि कम्पनीहरुमा वित्तीय, शैक्षिक, स्वास्थ्य, कृषि, जडीबुटी, वन, पशुजन्य, सहकारी, उद्योग, व्यवसाय आदि हुन सक्छन् ।

१३.अध्ययन, अनुसन्धान, लेखन र प्रकाशन
अध्ययन, लेखन र प्रकाशन ज्ञानमा आधारित सवाल हो । यसले मानिसको बौद्धिक क्षमता विकास गर्नको लागि टेवा पु¥याउँछ । जो धेरै अध्ययनशील हुन्छ, लेख रचनाहरु लेख्छ र लेखेको कुरा प्रकाशन गरेर बजारमा पु¥याउँछ उसको नै बुद्धिको विकास हुन सक्छ । त्यसैले हरेक कर्मयोगीहरु अध्ययनशील हुन आवश्यक छ । अहिलेको जमाना भनेको ज्ञानको युग हो । ज्ञान भनेको ‘सफ्ट पावर’ हो । ज्ञानको आधारमा नै अहिलेको समाजमा आफ्नो सामाजिक मर्यादा स्थापित गर्न सकिन्छ । अहिले जसको हातमा धेरै ज्ञान छ उसले नै संसारलाई शासन गर्दछ । बाहुबल भन्दा बुद्धि शक्तिशाली हुन्छ । भौतिक बलले गर्न नसकेको काम बुद्धिको सहाराले सजिलै सम्पन्न गर्न सकिन्छ । हामी अहिले चिन्ताले सताइएका छौं । अब चिन्ता हैन चिन्तन गर्न थालौ । त्यसैले अध्ययन, अनुसन्धान, लेखन र प्रकाशन गर्ने काममा पनि हात हाल्ने गरौं ।

१४.एक अर्कासंग हातेमालो
आपसी सहयोग र सदभावले नै मानिसमा भाइचाराको सम्बन्धलाई मजबुत पार्न सकिन्छ । त्यसैले दुःख सुखमा एक अर्काबीच खुशी र पीडा साटासाट गर्ने बानीको विकास गरौ । यसले एक आपसमा ठूलो सहारा प्रदान गर्दछ । जहिल्यै पनि राम्रो कामको प्रशंसा र दुःखमा सहारा प्रदान गर्न कन्जुस्याई नगरौ ।

१५.विपद् तथा आपतकालीन अवस्थामा राहत
प्राकृतिक प्रकोप तथा द्वन्द्वबाट पीडित भएका मानिसहरुको आपतकालीन अवस्थामा सक्दो उद्धार तथा सेवा गर्नु मानवीय धर्म हुने छ । यस्तो वेलामा कसैलाई पनि विना पूर्वाग्रह तथा विना भेदभाव तुरुन्तै मानवीय उद्धार गरिएमा त्योभन्दा ठूलोधर्म केही हुँदैन । आफूसंग जेछ सोही वस्तु तथा नगद सहयोग प्रदान गर्न सकिन्छ । यस्ता कार्यबाट पीडित व्यक्तिको आत्माले आशीर्वाद दिन्छ । केही पनि दान दिन सक्ने अवस्था छैन भने आशीर्वाद मात्र भए पनि दिनुपर्छ । उनीहरुको भलोचिताउदै शुभकामना व्यक्त गर्ने । बोल्दा मुसुक्क मुस्कुराउन सकिन्छ । जोभावना देखि नै सहयोगी हुन्छ ऊसंग धेरै मानिस खुशी हुन्छन् ।

१६.गरिब तथा उत्पीडित वर्गप्रति हातेमालो
समाजमा पछि पारिएका वर्ग तथा उत्पीडित वर्गको दुःख सुखमा साथ सहयोग गर्नु हरेक समाज सेवकको कर्तव्य हुने छ । यो वर्गका जनता नै परिवर्तनका संवाहक हुन । यिनीहरुलाई सचेत, संगठित, संघर्षशील र सबल बनाउन सकेमात्र हरेक किसिमका अन्याय, अत्याचार, भेदभाव र गरिबी विरुद्धको आन्दोलनमा सफलता प्राप्त गर्न सकिन्छ । कुनै पनि सामाजिक भेदभाव विरुद्ध लड्नको लागि रुपान्तरणकारी सिद्धान्त, बहुसंख्यक जनताको समर्थन र पीडित वर्गबीचको जुझारु एकता आवश्यक पर्दछ ।

३. निष्कर्ष
माथि उललेखित रणनीति तथा कार्यक्रमहरु क्रियान्वयन गर्नाले समुदायमा प्रत्येक व्यक्तिको मर्यादाको सम्मान र संरक्षण सुनिश्चित गर्न मद्दत पुग्दछ। सम्मानजनक जीवन यापन मानव अधिकारसंग सम्बन्धित एउटा अवधारणा हो जसले जीवनको गुणस्तरलाई बुझाउँछ जुन सबै नागरीकहरूले पाउन योग्य हुन्छन् । यो यस्तो जीवन हो जसमा स्वास्थ्य, शिक्षा, मर्यादित रोजगारी, खाद्य तथा पोषण सुरक्षा, पिउने पानी, आवास, सामाजिक सुरक्षा, स्वच्छ वातावरण, मनोरञ्जन आदि जस्ता सबै मौलिक अधिकारहरू उपभोग गर्न सकिन्छ। तर लोक कल्याणकारी राज्यको अवधारणा व्यवहारमा लागू हुन आवश्यक छ । देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक रुपमा अझै आसातित् विकास हुन नसकेको परिप्रेक्षमा तीनै तहका सरकारले उत्पादन र उत्पादकत्व वृद्धि गरी मर्यादित रोजगारी सिर्जना गर्ने काममा तीव्रता दिनु पर्ने देखिन्छ । नेपालको संविधानमा नै समाजवाद उन्मुख आर्थिक प्रणालीको विकास गर्ने कुरा उल्लेख गरिएको छ ।केही स्थानीय सरकारले जनताको जीवनस्तर उकास्न निकै उदाहरणीय काम गरेको पाइएको छ । यसबाट अरुले पाठ सिकेर यस्ता आर्थिक–सामाजिक रुपान्तरणकारी नीति तथा कार्यक्रम देश भरी नै सञ्चालन गर्न सकेको खण्डमा देशमा ठूलो परिवर्तन आउन सक्छ । बास्तवमा देश र जनताको सेवा गर्न जन प्रतिनिधीहरुको प्रवृत्ति र व्यवहारमा एकरुपता, सदाचार, पारदर्शिता, विधिको शासन, सुशासन र त्यागको भावना हुन जरुरी छ । जहिले पनि भ्रष्टाचार नियन्त्रण गर्नै काम माथिबाट नै शूरुवात गर्नु पर्छ । मुहान सङ्लो भए मात्र नदी सफा भए झै नेतृन्व वर्ग शुद्ध भएमा भुई तहका कार्यकर्ताबाट अनियमितता गर्ने आँट गर्न सक्दैनन् । कसैले भ्रष्टाचार गरेमा कानून वम्मोजिम कडा दण्ड सजायको व्यवस्था लागू गर्नु पर्दछ । अस्तु

वि.सं.२०८२ जेठ १५ बिहीवार १०:०८ मा प्रकाशित

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...