back
CTIZAN AD

भोजपुरमा जलाधार संरक्षण गर्न ‘एक वडा, एक सार्वजनिक पोखरी’ कार्यक्रम

वि.सं.२०८२ जेठ १५ बिहीवार

426 

shares

भोजपुर । जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक पोखरी’ निर्माण कार्यक्रम कार्यान्वयनमा ल्याएकोे छ । मुहानहरुको सुक्दै गएपछि सरक्षणको लागि गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वडामा पोखरी निर्माण गर्ने सोच साथ काम गरिरहेको जनाएको छ ।

जलवायु परिवर्तनका कारण देखिएका समस्याहरुको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने उद्धेश्यले एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यो कार्यक्रम अन्तर्गत पोखरी खन्ने काम भईरहेको उनले बताएका छन् । “प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन हामीले एक वडा एक पोखरी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’अध्यक्ष राईले भने,“पोखरी निर्माणले जमिनको रिचार्ज भएर मुहानहरुको संरक्षणमा टेवा पुग्नेछ ।”

पोखरी निर्माणले पानीको मुहान रिर्चाजिङ हुने, सिंचाईमा सहजतासँगै आकस्मिक रुपमा हुने आगालागीको समयमा प्रयोग गर्न सकिने उनको भनाई छ । पोखरीले तत्कालिन रुपमा पानीको अभाव हटाउने र प्राकृतिक रुपमा उम्रिएका मुहानहरुको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाई छ । पानीको अभावमा सिंचाइको लागि झेल्नु पर्ने समस्या कम गर्दै पानीको मुहानहरुको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

“यो कार्यक्रम अन्र्तगत बर्षेनी सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ” प्रशासकीय अधिकृत निरौलाले भने,“विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ । निर्माण भएका पोखरीमा आकासे पानी संकलनको काम भईरहेको छ । यो कामले मुहानहरुसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ ।” तत्काललाई खास उपयोगी जस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ ।

स्थानीयलाई तरकारीबाली तथा खेतीपाती गर्नको लागि पोखरी निर्माणले सहजता भएको हतुवागढी १ घोडेटारका वडाध्यक्ष कुमार विष्टले बताए । मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपतिका कारण धैरै पानीको मुहानहरु सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनकोे भनाइ छ । पोखरीमा संचित गरिएको पानी आगलागीको समयमा प्रयोग सकिने व्यवस्थासमेत मिलाईएको छ ।

वि.सं.२०८२ जेठ १५ बिहीवार ११:५६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...