back
CTIZAN AD

एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै

वि.सं.२०८२ जेठ १५ बिहीवार

564 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै छ । उत्सव मनाउन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भइरहेका छन् ।

विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भई बृहत् ¥याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

“गणतन्त्र उत्सवको ¥याली प्रारम्भ भइरहेको छ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो दिवसलाई पटक उत्सवका रूपमा मनाउन लागिएको हो”, विभागका प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, “११ बजेदेखि सबैतिरबाट सुरु भएको ¥याली केहीबेरमा भृकुटीमण्डपमा भेला हुन्छौँ, रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र दिवसको सम्बोधन हुनेछ ।”

एमालेले गणतन्त्रका पक्ष शक्तिलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुन आग्रह गरेको छ । गणतन्त्र उत्सवको ¥यालीमा गणतन्त्रको पक्षमा नारा लगाउँदै नेता, कार्यकर्ता सहभागी भइरहेका गौतमले जानकारी दिए ।

‘गणतन्त्र जिन्दवाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दवाद’लगायत नारा लगाउँदै विभिन्न सांस्कृतिक प्रस्तुतिसहित ¥याली भइरहेको विभागका प्रमुख गौतमले जानकारी दिए । गणतन्त्र उत्सवमा एमालेका नेता तथा गणतन्त्र पक्षधर सबै भेला हुने कार्यक्रम रहेको उनले बताए ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १२:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...