back
CTIZAN AD

आलम प्रकरण : उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिल सर्वोच्च जाने

वि.सं.२०८२ जेठ १५ बिहीवार

684 

shares

काठमाडौं । जिउँदै व्यक्तिलाई इँटा भट्टामा जलाएर हत्या गरेको अभियोगमा जन्मकैदको साजय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिल लेसर्वोच्च अदालत जाने बताएको छ ।

उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको छ । आलमविरुद्ध कुनै वष्तुनिष्ठ प्रमाण नरहेको र वम विष्फोटको घटना नै भएको यकिन नरहेको भन्ने आधार नभएको भन्दै उच्चले सफाइ दिएको छ । तर, सरकारी वकिलले भने आलमसहित सबै अभियुक्तलाई दोषी देखाउने प्रशस्त प्रमाण रहेको बताएका छन् ।

उच्च सरकारी वकिल कार्यालय, वीरगन्जका प्रमुख एवं सहन्यायाधिवक्ता कोषहरि निरौलाले मौकामा संकलन भएका प्रमाणहरू भएको भन्दै उच्च अदालतले के आधारमा सफाइ दियो, त्यो केलाएर हेर्ने हेर्ने र त्यसका आधारमा सर्वोच्च अदालत जाने बताएका छन् ।

आफूहरूले फैसलाको पूर्ण पाठको प्रतीक्षा गरिरहेको उनले बताए । उच्च अदालतको फैसलामा भने आलमको घरमा विष्फोट भएको र इँटाभट्टामा मान्छे पोलेको वस्तुनिष्ट प्रमाण नभएको जनाएको छ । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएलगत्तै बुधबार नै आलम नख्खु कारागारबाट रिहा भइसकेका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो । यसअघि रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १२:३७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...