back
CTIZAN AD

यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान

वि.सं.२०८२ जेठ १८ आइतवार

561 

shares

पोखरा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले व्यवसायीहरूलाई बन्द र हड्ताल स्थगित गरी छलफलमा सहभागी हुन आग्रह गरेको हो ।

मन्त्रालयका सचिव एवं वार्ता समितिका संयोजक कमलकुमार अधिकारीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई वार्तामा बोलाए पनि सहभागिता नभएको बताए । उनले नियमावलीका विषयमा छलफल गर्न सकिने, तर खारेज नहुने स्पष्ट पारे ।

मन्त्रालयका उपसचिव प्रेम सुवेदीले नियमावली निर्माणमा लामो समयदेखि छलफल भएको र व्यवसायीहरूले समेत हस्ताक्षर गरेको बताए । मन्त्रालयले वार्ताका लागि सचिव अधिकारीको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो । जेठ १४ मा वार्ताका लागि बोलाए पनि व्यवसायीहरूले ७ बुँदे मागसहितको पत्र पठाउँदै सहभागिता जनाएनन् ।

त्यसपछि उनीहरूले जेठ १६ देखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । व्यवसायीहरूले सोमबारदेखि देशभर नै यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

वि.सं.२०८२ जेठ १८ आइतवार १५:०४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...