back
CTIZAN AD

सार्वजनिक यातायात बन्द रहे पनि पर्यटक बस सञ्चालन

वि.सं.२०८२ जेठ १९ सोमवार

642 

shares

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन् । तर पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।

‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौंदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए ।

“विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उनले भने । आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्ने उनको भनाइ थियो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै नित्कर्षमा पुग्नुपर्ने बताए । उनले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए । यस्तो आन्दोलनले मुलुकको समग्र पर्यटन व्यवसायमा असर पर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

यातायात व्यवसायी तथा मजदुरले गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित नीजि सवारीसाधनलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै एक हप्तादेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले आजदेखि आफ्नो सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रेका छन् ।रासस/फाइल फोटो

वि.सं.२०८२ जेठ १९ सोमवार १५:४५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...