back
CTIZAN AD

भूपाल अधिकारीको गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण

वि.सं.२०८२ जेठ १९ सोमवार

1K 

shares

मोरङ । गजलकार भूपाल अधिकारीको गजल सङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण गरिएको छ ।

नोबेल साकोस कोशी प्रदेश शाखाले विराटनगरमा, दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाईं बर्बरिक, डा.छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारुविज्ञ डा. देवी पन्थी, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसन्धाता केशु विरही लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा प्रा. डा. हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चमा अध्यक्ष दीप मङ्गाती, स्रष्टाहरू रमेन्द्र कोइराला, शिवनारायण मण्डल सिङ्गल, पुष्पा सायरा, नानुमैया दाहाल, राधा भट्टराई, उमानाथ घिमिरे, उमानाथ भट्टराई, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाललगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
लोकार्पित कृतिमाथि हरि कट्टेलको समीक्षा प्रस्तुत गरेका थिए । समीक्षा प्रस्तुत गर्दै ‘दिव्यदीप’ पूर्ण रूपमा बहरमा लेखिएको एउटा महत्त्वपूर्ण कृति रहेको बताए ।

कार्यक्रममा नोबेल साकोसका संस्थापक राजन न्यौपाने, भरत बर्बरिक, केशु विरही, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, बाबुराम पोखरेललगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो ।

नोवेल साकोस साहित्य संस्था कोशी प्रदेश विराटनगरको वार्षिक उत्सव समेत रहेको उक्त कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा पत्रकारिताका क्षेत्रमा योगदान दिने विभिन्न ८ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

विशिष्ट साहित्य सम्मानबाट केशु विरही र शरद प्रधानाङ्ग, विशेष साहित्य सम्मानबाट प्रिन्स प्रमोद ढकाल, विशिष्ट कला सम्मानबाट प्रयाग न्यौपाने, सञ्चार सम्मानबाट गोकुल पराजुली र मदन भण्डारी, सामाजिक सम्मानबाट करिम अन्सारी र बालप्रतिभा सम्मानबाट प्रज्ञा कट्टेल रहेका छन् ।

कार्यक्रममा मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राईलगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा संस्थाकी पदाधिकारी शान्ता भट्टराईले सम्पूर्ण उपस्थित श्रष्टाहरूलाई स्वागत गरेकी थिइन् भने संस्थाका कोषाध्यक्ष ऋषि तिवारीको शुभकामना मन्तव्य रहेको थियो ।

संस्थाकी कोशी प्रदेश अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राई र सदस्य नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

वि.सं.२०८२ जेठ १९ सोमवार १५:५३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...