back
CTIZAN AD

पत्रकार भनिएका खड्कामाथि दुव्र्यवहार भएको भनी प्रकाशित समाचार भ्रमपूर्ण

वि.सं.२०८२ जेठ १९ सोमवार

1.1K 

shares

काठमाडौँ । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)ले पत्रकारमाथी दुव्र्यवहार भएको भनी प्रकासति समाचार भ्रमपूर्ण रहेको बताएको छ ।
सोमबार एक प्रेस विज्ञप्ति निकालेर वासिएलले नेपाल प्रेस नामक अनलाइन सञ्चार माध्यममा पत्रकार भनिएका सुरज खड्कामाथि माथी दुव्र्यवहार भएको भनी प्रकाशित समाचारप्रति आफूहरुकोे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको, ‘नेपाली युवाहरूको आशा, भरोसा र अग्रगमनको प्रतीक योङ कम्युनिस्ट लिग, नेपालको उद्घाटन सत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा नेपाली क्रान्तिका नायक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री आदरणीय क पुष्पकमल दाहाल ’प्रचण्ड’ कार्यक्रम स्थल प्रवेश गर्दा पत्रकारमाथी दुर्ववहार भएको भनी नेपाल प्रेस नामक अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘अध्यक्ष कमरेड प्रचण्ड कार्यक्रम स्थलमा प्रवेश गर्दा कुनै व्यक्तिप्रति त्यस्तो कुनै किसिमको दुव्र्यवहार वा असमझदारी भएको छैन । विशेषगरी सो समाचारमा उल्लेख गरिएअनुसार नेपाल प्रेसका संवाददाता सुरज खड्कामाथि दुव्र्यवहार गरिएको भनी लगाइएको आरोप पूर्णतः कपोकल्पित, भ्रामक र तथ्यहीन छ भन्ने कुरा हामी सबैमा स्पष्ट गर्न चाहन्छौ’, विज्ञप्तिमा थपिएको छ ।

वासिएलले विज्ञप्तिमार्फत यथार्थमा नपुगेका घटनाको नाटकीय र गलत व्याख्या गरिएको सामग्री सार्वजनिक गरी आम नागरिकलाई भ्रममा पार्ने कार्य पत्रकारिता नैतिकता विपरीत रहेबो बताएको छ । उस्ले सञ्चारमाध्यामको असंयमित र गैर–जिम्मेवार व्यवहारप्रति आफ्नाो गम्भीर आपत्ति रहेको समेत बताएको छ ।

वाइसिएलले यस्ता भ्रामक प्रचारप्रसार नगर्न सम्बन्धित सञ्चारमाध्यमहरूलाई आग्रह गर्दै वस्तुगत पत्रकारिताको मर्यादा कायम राख्न सम्पूर्णमा अपिल गरेको छ ।

वि.सं.२०८२ जेठ १९ सोमवार १६:१५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...