back
CTIZAN AD

जातीय छुवाछुत उन्मुलनको स्वाङ: बोली र व्यवहारमा भिन्नता

वि.सं.२०८२ जेठ २१ बुधवार

1.8K 

shares

काठमाडाैँ । आज ज्येष्ठ २१ गते । हरेक वर्ष आजको दिनलाई नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । यो दिवसको सुरुवात २०६३ सालको जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि भएको हो ।

जातीय भेदभाव र छुवाछुतको समूल अन्त्य, समानता, सहिष्णुता र सामाजिक न्यायको प्रवर्द्धन, संविधान र कानुनी व्यवस्थामा भएका अधिकारहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रपति र प्रधानमन्त्री जस्ता उच्च पदस्थ व्यक्तिहरूले यस अवसरमा शुभकामना सन्देश दिँदै, जातीय विभेद र छुवाछुतलाई मानव सभ्यताको कलङ्क र सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराधको रूपमा व्याख्या गर्दै, यसको समूल अन्त्यका लागि सबैलाई आह्वान गरेका छन् ।

सरकारी निकाय, विभिन्न सङ्घसंस्था, राजनीतिक दल लगायतले आजको दिनमा विभिन्न कार्यक्रम गरी मनाइरहँदा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसलाई गिज्याइरहेको महसुस हुन्छ । सरकारदेखि, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, राजनीतिक दलहरूले जातीय भेदभाव तथा छुवाछुत हटाउने प्रयास गरेको देखिन्छ तर परिणाम शून्य जस्तै छ ।

भाषण क्रान्तिका : व्यवहार पश्चगमन

केन्द्रदेखि स्थानीय तहका नेताले जातीय भेदभाव तथा छुवाछुतविरुद्धका चर्का भाषण गर्छन् । चुनावको बेलामा झन् यस्ता भाषणको आवाज चर्को हुन्छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्ध लड्छौँ, कानुन बनाउँछौँ, कार्यान्वयन गर्छौँ भनेर दलित बस्तीबाट नेताले भोट माग्छन् । विद्यालय समेत शिक्षकले दुई जात मात्र हुन्छ भनेर पढाउँछन् । दुई जात मध्ये महिला र पुरुष मात्र हुन् भन्ने परिभाषा दिन्छन् । जातीय भेदभाव तथा छुवाछुत गर्नु सामाजिक अपराध हो यो दण्डनीय छ भनेर सिकाउँछन् ।

यता हिन्दू धर्मका अभियन्ता, ज्ञाता तथा दार्शनिकहरूले जात चार प्रकारका हुन्छन् भन्छन् । उनीहरूका परिभाषा अनुसार अण्डज: अण्डबाट उत्पन्न हुने जसमा चराहरू, सर्प, माछाहरू पर्छन् । जरायुज: गर्भबाट उत्पन्न हुने मानिस, कुकुर, गाई पर्छन् । स्वेदजः फोहोर, पसिनाबाट उत्पन्न हुने जुका, किराहरू पर्छन् । उद्भिजः भूमिबाट अङ्कुरिएर उत्पन्न हुने बोटबिरुवा, झार पर्छन् । उनीहरू भन्छन्, ‘प्रकृतिका आधारमा जात हुने भएकाले मानिस एक जात अन्तर्गत पर्छन् । यहाँ सुद्ध आचरण भएकाहरू भेदभाव तथा छुवाछुतको योग्य हुँदैनन् । सुद्ध आचरण भएकाहरू हिन्द धर्ममा सबै स्वीकार्य हुन्छन् ।

सरकाले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुन बनाएको छ । दलित अभियन्ताहरू जातीय छुवाछुतविरुद्ध सडकमा समेत छन् ।  सरकार, नेता, शिक्षक, धार्मिक ज्ञाता तथा दलित अभियन्ता सबैले भाषणमा जातीय भेदभाव तथा छुवाछुतलाई गम्भीर अपराधकै रूपमा अर्थाउँछन् । तर, व्यवहारमा प्रयोग गरेको कसैले पनि देखिँदैन । जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुन छ । तर, कार्यान्वयन फितलो छ । सरकार कानुन कार्यान्वयन उदासीन छ ।

शिक्षकले विद्यालयमा समानताको पाठ पठाउँछन् । घरमा पुगेपछि छिटो हाल्छन् । नेताले सार्वजनिक रूपमा भाषण गर्छन् । तर, आफ्नो घरमा विवाह, व्रतबन्ध, पास्नी जस्ता शुभ कार्यमा दलितका लागि छुट्टै भान्सा तयार गर्छन् ।

धार्मिक अभियन्ता, धार्मिक ज्ञाता तथा पुरोहित अण्डज, जरायुज, स्वेदज, उद्भिजको प्रवचन दिन्छन् । सबरी चरित्रको कथा सुनाउँछन् । विश्वकर्मा भगवान्को गाथा गाउँछन् । तर जातीय भेदभाव तथा छुवाछुतका सबै भन्दा बढी पक्षपोषण उनीहरू जस्तै देखिन्छन् ।

जन्मदेखि मरण सम्मका कुनै पनि कर्म गराउन दलितका घरमा जान उनीहरू मान्दैनन् । दलित भनिएकाहरूसँगै खान बस्न रुचि देखाउँदैनन् । कर्मका आधारमा जात निर्माण गरिएको हो पनि भन्छन् । सुद्ध आचरण भएकासँग छोइन पनि दुख मान्छन् । जातीय भेदभाव तथा छुवाछुतका घटनामा मौन बस्छन् ।

दलितमा एकताको अभाव : स्खलित हुँदै आन्दोलन

दलित आन्दोलनमा दलित अधिकारकर्मी, अगुवा तथा अभियन्ताबिच एकता फिटिक्कै देखिँदैन । जातीय छुवाछुत तथा भेदभाव उन्मुलनका लागि सबैभन्दा जिम्मेवार यिनीहरू हुनुपर्ने हो । तर यिनीहरूमा देखिएको टुटफुट, खण्डित र अविश्वासले दलित आन्दोलन धरापमा छ ।

दलित मुक्तिका सवालमा यिनीहरूका आ–आफ्ना गुटगत कार्यक्रम र कार्यदिशा छ ।
यिनीहरूले एकले अर्काको अस्तित्व स्वीकार नगरेकै कारण कसैको पनि प्रयास सफल देखिँदैन । एकतामा बल हुन्छ भन्ने यिनले जान्दैनन् अथवा यिनीहरू स्वार्थमा केन्द्रीय छन् ।

विश्वभक्त दुलाल, खगेन्द्र सुनार, डाक्टर मित्र परियार, डाक्टर निर्मल विश्वकर्मा, सुनिल लोहनी लगायतका दलित अभियन्ता तथा अधिकारकर्मीका आ–आफ्नै संगठन् छन् । एउटा उदाहरण दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितलाई खै भन्दै साङ्लोसहित धर्नामा बसे । यो अभियानको समापनका दिन उनले हजारौँ दलित नयाँ बानेश्वरमा उतारे । तर कुनै पनि दलितका लागि काम गर्छु भन्ने संस्थाहरूलाई सामूहिक आन्दोलन गर्न औपचारिक रूपमा आह्वान गरेनन् । अन्य दलित सङ्गठनका अगुवाहरुपनि त्यहाँ गएनन् ।

गएको ज्येष्ठ १० गते नवराज विकसहित छ भाइको भेरी नदीमा हत्या भएको दिन दलित समुदायले विभिन्न कार्यक्रम गरेर कालो दिनका रूपमा मनाए । यहाँ पनि मित्र परियार, खगेन्द्र सुनार, आहुती सम्मले छुट्टाछुट्टै कार्यक्रम गरे । दलित अभियन्ताको यही कारण ‘भाइ छुटे गँवार लुटे’ भन्ने उक्ति सफल भएको देखिन्छ ।

 

वि.सं.२०८२ जेठ २१ बुधवार १५:१६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...