back
CTIZAN AD

जातीय विभेद अझै कायम रहेका भन्दै सांसदद्वारा चिन्ता व्यक्त

वि.सं.२०८२ जेठ २१ बुधवार

690 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम रहेका भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बैठकको शून्य समयमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा भेदभावरहित समाज बन्न नसकेको भन्दै यस्तो विभेद अन्त्यका लागि सबै पक्ष र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

सांसद गोमादेवी तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि समाजमा अझै यो कुप्रथा कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याईन् ।

सांसदहरू भुवनबहादुर सुनार, राजेन्द्रलक्ष्मी गैरे र मदनकुमारी शाह (गरिमा) ले पनि विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदायमा रहेका सबै किसिमका भेदभाव अन्त्य गर्न सक्नुपर्ने धारणा राखे ।

सांसद कृष्णप्रसाद पौडेलले अध्ययनका लागि विदेशिने विद्यार्थीसँगै ठूलो रकम बाहिरिरहेको बताए । नेपालभित्र गुणस्तरीय र रोजगारीमूलक शिक्षाको प्रत्याभूति गर्नसके ठूलो रकम बाहिरिनबाट रोकिने उनकोे भनाइ छ ।

सांसद नरबहादुर विष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिन आएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरे ।

सांसद नारायणदत्त मिश्रले अहिले भिजिट भिसा प्रकरणका विषयमा सरोकार भएका निकायले आवश्यक अनुसन्धान गर्ने भएकाले प्रतिपक्षले संसद्मा अवरोध सृजना गर्न नहुने धारणा राखे । अहिले शिक्षक, कर्मचारी, यातायात व्यवसायीलगायत विभिन्न क्षेत्र आन्दोलनमा रहेका बेला प्रतिपक्षले सरकारलाई अनावश्यक दबाब दिन नहुने उनकोे भनाइ छ ।

सांसद युवराज शर्माले संविधान जारी भएको दुई वर्षभित्र बनिसक्नुपर्ने ऐनहरू हालसम्म पनि नबन्नु संविधानको प्रभावकारी कार्यान्वयन नभएको बताए । ऐन कानुन निर्माणमा ढिलाइ हुँदा सङ्घीयताको सबलीकरण र प्रभावकारी कार्यान्वयन हुन नसकेको उनकोे भनाइ छ ।

सांसद सोनाम गेल्जेन शेर्पाले सार्वजनिक निकायहरूको बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बेरुजु कसरी घटाउने भनेर पहलकदमी लिन सरकारसँग माग गरे ।

वि.सं.२०८२ जेठ २१ बुधवार १५:२६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...