back
CTIZAN AD

सुनका गहना र नगद लिई ठगी गर्ने पक्राउ

वि.सं.२०८२ जेठ २१ बुधवार

414 

shares

काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरे सो बापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ तथा सोही ठाउँको वडा नं १२ बस्ने २६ वर्षीय दानबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकाले सोमबार काठमाडौँका विभिन्न स्थानमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरी दिए सो बापत रकम दिउँला भनी झुक्यानमा पारी साथमा रहेका सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।”

निजहरुको साथबाट प्रहरीले रु १० को नेपाली रुपैयाँ एक सय थान तथा दुई मोबाइल सेट बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई सो सम्बन्धमा अनुसन्धान भइरहेको र हालसम्म निजहरूका विरुद्ध १० वटा जाहेरीसमेत पर्न आएको प्रवक्ता बोहराले जानकारी दिए ।

वि.सं.२०८२ जेठ २१ बुधवार १५:५० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...