back
CTIZAN AD

नेतृत्व विकासका लागि ५ दिने उद्घोषण तथा वाक कला तालिम सम्पन्न

वि.सं.२०८२ जेठ २३ शुक्रवार

1.9K 

shares

नवलपुर ।नेतृत्व विकासका लागि ५ दिने उद्घोषण तथा वाक कला तालिम सम्पन्न भएको छ ।

सिर्जनशिल दक्ष र क्षमतावान महिला जनशक्ति निर्माणमा हाम्रो अभियान “ भन्ने मूल नाराका साथ अकला देवि महिला बहुउद्देश्यीय सहकारी सं लि मध्यविन्दु –७ चोरमाराको आयोजनामा संस्था को आफ्नै सभाहलमा जेठ १८ गते देखी २२ गते सम्म संचालित ५ दिने महिला उद्घोषण वाक कला तालिम “को समापन समारोह भव्य रुपमा सम्पन्न भएको हो ।

अकलादेबी महिला बहुउद्देश्यीय सहकारी सं लि मध्यविन्दु –७ को आयोजनामा सम्पन्न भएको यस कार्यक्रममा महिलाहरुलाई लक्षित गरी ५ दिने उद्घोषण तथा वाक कला तालिम कार्यक्रम आयोजना गरेको हो कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु नगरपालिकानगर वडा न ७का कर्ण बहादुर मल्ल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । महिला हरुलाई दक्ष र क्षमतावान बनाउन को लागि कार्यक्रमलाई समुहगत बिभाजन गरिएको सो कार्यक्रम मा ३० जना महिलाहरु सहभागी थिए ।

महिला अगाडी बढ्न र आफ्नो क्षमताको अधिकार शसक्तिकरण गरि अघि चुलो चौकोमा मात्र सिमित नभई आफू भित्र को कला प्रस्तुत गर्न र सबल र सक्षम गराउन को लागि सकारात्मक पाटोमा जोड्न आग्रह गर्दै नवलपुरमै मध्यविन्दु भित्र का महिला समुदायलाई अव्बल र सक्षम जनशक्ती बनाउन आजैदेखी पहल गर्ने कुरामा जोड दिएका थिए ।त्यसैगरी

महिला का सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै कार्यक्रममा सहभागि ,महिला प्रशिक्षार्थीहरुलाइ उत्साहित बनाउदै सहजिकरण गर्न अनुरोध गर्दै तालिममा सरिक सहजकर्ता तथा विशिष्ट अतिथि प्रशिक्षक द्वय प्रितम भुजेल र राम तामाङ लाई विशेष आभार समेत व्यक्त गरेका थिए ।

यसै गरि मन्तव्य क्रममा विशिष्ट अतिथि समेत रहेका सहजकर्ता प्रितम भुजेल र राम तामाङले तालिममा सिकेको सिकाइलाइ ब्यवहारिक जिवनमा संधै लागु गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा शुभकामना साथै धन्यवाद मनतव्यकै क्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मध्यविन्दु नगरपालिका नगर वडा न ७ का अध्यक्ष कर्ण बहादुर मल्लले आगामी दिनमा समाजको हितमा यस्ता अरु फरक फरक तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भने आफुले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए । उत्साहित बनाउन सहभागी प्रशिक्षार्थी हरुलाई हौसला बढाउन संस्थाका अध्यक्ष गोमता भण्डारी र उपाध्यक्ष कृष्ण गुरुङ ब्यवस्थापक यामकला भुर्तेल को समेत उपस्तिथि रहेको थियो ।कार्यक्रममा ५ दिन सम्म सिकाई रहदै गर्दा विभिन्न खेल , अन्तर समुह हाजिर जवाफ का बिजेताहरुलाई पुरस्कृत गर्नुको साथै उत्कृष्ट प्रशिक्षार्थी बन्न सफल प्रशिक्षार्थीहरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रमलाई भरपुर मनोरन्जनात्मक बनाउन दर्जन जति प्रशिक्षार्थीको अनुभूति मनतव्य साथै १दर्जन भन्दा बढी प्रशिक्षार्थीहरुले गीत गजल मुक्तक र नृत्य प्रस्तुत गरेका थिए ।

अकला देबि महिला बहुउद्देश्यीय सहकारी सं लि गोमता भण्डारी को अध्यक्षता रहेको कार्यक्रमको संचालन तालिममा सहभागी प्रशिक्षार्थीले राधा पाठकले गरेकी थिइन ।

 

वि.सं.२०८२ जेठ २३ शुक्रवार १०:५१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...