back
CTIZAN AD

पतञ्जली जग्गा प्रकरण : बैंकका उच्चअधिकारीकाे समेत संलग्नता

वि.सं.२०८२ जेठ २३ शुक्रवार

1.1K 

shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले अख्तियारले एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको हो ।

अख्तियारले पतञ्जलीको नाममा हदबन्दी छुटमा जग्गा खरिद गरी दुई महिनाभित्रै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको आरोपमा १३ बैंकरसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । दायर गरेका मुद्दा मध्ये करिब एक दर्जन व्यक्ति तत्कालिन सनराइज बैंकका उच्च अधिकारी छन् ।

अख्तियारका अनुसार मुद्दामा तत्कालिन सन्राइज बैंकका १३ उच्च अधिकारी रहेका छन् । आरोपित मध्ये तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरकुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुली लगायत बैंकका अधिकारी छन् ।

यस्तै, सनराइजका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट छन् ।

अख्तियारका अनुसार तत्कालिन सनराइज बैंकका यी अधिकारीहरूल पतञ्जलीको नाममा काभ्रेमा रहेको सरकारी जग्गाको धितो बन्धक पारित गरि ऋण प्रवाह गरेका थिए । सनराइज बैंक हाल लक्ष्मी बैंकसँग मर्ज भई लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत बैंकिङ कारोबार गरिरहेको छ ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार ११:२९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...