back
CTIZAN AD

पालिकाद्वारा किसानलाई मिनिटिलर वितरण

वि.सं.२०८२ जेठ २५ आइतवार

687 

shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटिलर (यान्त्रिक हलो) वितरण गरेको छ ।

कृषिमा लागत घटाउन र सहज बनाउन पाँच वटा वडा कार्यालयले सङ्कलन गरेर छनोट र सिफारिस गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । ठेक्का प्रतिस्पर्धामार्फत प्रतिमिनिटेलर रु २९ हजार ७५० मा खरिद गरेर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको जिन्सी शाखाका प्रमुख रमेश शर्माले प्रतिमिनिटेलर कृषकले रु १४ हजार ८७५ मात्र लगानी गरेका र ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको जानकारी दिए । वडा नं २ लुलाङमा ११, वडा नं ३ मुनामा सात, वडा नं ४ मुदीमा ६, वडा नं ६ मराङमा ७ र वडा नं ७ ताकममा २२ वटा मिनिटेलर हलो वितरण गरिएको उनले जानकारी दिए ।

वडा नं १ गुर्जा र वडा नं ५ मल्कवाङका कृषकले भने मिनिटेलर माग गरेका थिएनन् । शनिबार मुनिस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष प्रेमप्रसाद पुनले कृषकहरुलाई मिनिटेलर वितरण गरेका थिए । खेतबारी खनजोतका लागि हलगोरुको विकल्पमा यान्त्रिक हलो प्रयोग गर्ने चलन बढेको छ ।

गोरु पाल्न झञ्झट हुने, मिनिटेलरबाट छिटो खेतबारी खनजोत गर्न सकिने भएकाले कृषकको यसप्रति आकर्षण बढेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक आश्विन खत्रीले जानकारी दिए । मिनिटेलर खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाको केन्द्र मुनामा मिनिटेलर ट्र्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको १० दिने तालिममा २० जनाको सहभागिता छ । गाउँघरमै ट्र्याक्टर मर्मत गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ ।रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ २५ आइतवार १३:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...