back
CTIZAN AD

बर्खायाम सुरु हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

वि.सं.२०८२ जेठ २५ आइतवार

678 

shares

महोत्तरी । बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको छ ।

प्रारम्भिक चरणमा बाढी÷डुबानबाट हुनसक्ने ठाउँको आकलन गरी त्यसको बचावका लागि पूर्वतयारी गर्न तीन जिल्लाका सुरक्षा निकाय र सरोकारवालाबीच आज बर्दिबासमा समन्वयात्मक पूर्व तयारी थालिएको हो ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, महोत्तरी, धनुषा र सर्लाहीका सबै सुरक्षा निकायका प्रमुख तथा विपद् प्रतिकार्य अभ्यासमा रहेका सामाजिक सङ्घ संस्थाका अगुवा समन्वयात्मक बैठकमा सहभागी छन् ।

बैठकमा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्खा सुरु हुनअगावै बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी धनजनको क्षति हुन नदिन पूर्वतयारी थालिएको बताए । “बर्सेनि बर्खामा बाढी, डुवान र त्यसपछि महामारीको प्रकोप चल्ने गरेको विगत अनुभव छ”, लेखीले भने, “यसपालिको बर्खामा क्षति भोग्ने स्थिति नपरोस् भनेर अहिलेदेखि नै तयारी थालिएको हो ।” यो समन्वयात्मक बैठकले तीनवटै जिल्लामा सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न स्पष्ट खाकासहितको कार्ययोजना बनाउने उनको भनाइ छ ।

समन्वयात्मक बैठकले तीनवटै जिल्लाका बाढी–डुवान प्रभावित क्षेत्रको नक्शाङ्कन गरी ती क्षेत्रमा बचाव कार्यको पूर्वतयारीका लागि प्रतिकार्य तथा उद्धार टोली तयार अवस्थामा राखिन र उद्धार राहत सामग्री व्यवस्थापन गरिन योजनाबद्ध तालिका बनाउने मनत्रालयका सचिब विमलप्रसाद बरालले बताए ।

महोत्तरीमा मात्रै रातु, मडहा, बाँके, ओक्सी र जङ्घासहितका नदीमा आउने बाढीले बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरु प्रभावित हुँदै आएका छन् । जिल्लामा रातु नदीको बाढीले नै ४५ हजार भन्दाबढी प्रभावित हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाइ छ ।

यसैगरी कमला, जलाद, औरहीसहितका नदीले धनुषामा र बागमती, झिम, लखन्देई र बकैयासहितका नदीमा आउने बर्खे बाढीले धनजनको क्षति गर्दै आएको छ । फाइल फोटो

 

वि.सं.२०८२ जेठ २५ आइतवार १५:१८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...