back
CTIZAN AD

बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न अभिमुखीकरण

वि.सं.२०८२ जेठ २६ सोमवार

783 

shares

बनियानी (झापा) । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।

बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताइन् । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उनले भनिन्, “अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु ।” माटोबाट सानो दियो र ठूलो घैला दुवै बन्ने भएकाले ठूलो बन्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले तीन वटा मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताए । बालमैत्री नगरपालिकालाई यथावत राखेर अझ सक्रिय बनाउन यस्ता कार्यक्रम गर्ने गरिएको उनले बताए । “बालमैत्री नगर घोषणा भएपछि केही न केही उपलब्धि हासिल भएका छन्”, उनले भने, “उपलब्धिहरुलाई आत्मसात गरेर अझ बालबालिकाको बृहत्तर हितमा काम गर्न बाल क्लब, बाल सञ्जाल र विद्यार्थीहरुको साथ र सहयोग आवश्यक छ ।”

नगर बाल सञ्जाल अध्यक्ष उत्सव पाण्डेले भद्रपुर नगर क्षेत्रमा २२ हजारभन्दा बढी बालबालिका रहेको जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडा बाल सञ्जालका अध्यक्ष एवं प्रतिनिधि, पाँचवटै वडाका सबै सामुदायिक तथा निजी विद्यालयका चार÷चार जनाको सहभागिता रहेको नगरबाल सञ्जालका सचिव समीर निरौलाले जानकारी दिए ।

नगरबाल सञ्जालले गत माघमा भद्रपुर वडा नं. ६ देखि १० नम्बर वडाका बालबालिकालाई समेटेर अभिमुखीकरण सम्पन्न गरिसकेको छ । रासस/सांकेतिक फोटो

 

वि.सं.२०८२ जेठ २६ सोमवार ०६:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...