back
CTIZAN AD

सामाजिक विकासका लागि गैँडाकोटमा महिला सशक्तीकरण तालिम

वि.सं.२०८२ जेठ २७ मंगलवार

771 

shares

नवलपूर । गैंडाकोटमा महिला शसक्त्तीकरण सम्बन्धि तालिम एक समारोहकाबिच सम्पन्न भएको छ । ‘सामाजिक विकास र मूल प्रवाहीकरणका लागि महिला शसक्त्तीकरण’ भन्ने मूल नाराका साथ गैंडाकोट नगरपालिकाको आर्थिक सहयोग र महालक्ष्मी महिला बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा तालिम भएको हो ।

गैंडाकोट स्थित अमरापुरी खानेपानी सस्थाकोको सभाहलमा भएको तालिम जेठ २३ देखि २५ गतेसम्म चलेको थियो । गैंडाकोट नगरपालिका वडा नम्बर १५ को सक्रिय पहलमा यहाँका महिलाहरुलाई लक्षित गरी तीन दिने तालिम आयोजना गरिएको हो ।

कार्यक्रमका गैंडाकोट नगरपालिकाका १४ का वडा अध्यक्ष कोकिसरा राना महिलाले राज्यको मुल प्रवाहलाई समात्न २१औं शताब्दीको शिक्षा अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिइन् । उनले अधिकार अरुले नदिने भन्दै आफै माग्न सक्नु पर्ने बताइन् । रानाले शसक्तिकरणलाई सकारात्मक पाटोमा जोड्न आग्रह गर्दै गैंडाकोट भित्रका महिलालाई अव्बल र सक्षम जनशक्ती बनाउन पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रमा गैंडाकोट १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सिना, कार्यपालिका सदस्य देवी अधिकारी, १७ का वडा गोपी कंडेल, अमरापुरी खानेपानी संस्थाका अध्यक्ष गोबिन्दराज तिमिल्सिना, लेखा समिति सयोजक सुमित्रा पौडेल, लेखा समिति सदस्य गंगा ढकाल, लेखा समिति सदस्य गोमा पौडेल लगायतको सहभागीता थियो ।

तालिमका सहजकर्ता प्रशिक्षक प्रितम भुजेल र राम व्लोन तमाङले महिलाका सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै तालिममा सहभागी युवा, महिला प्रशिक्षार्थीहरुलाइ उत्साहित बनाएका थिए । उनीहरुले तालिममा सिकेको सिकाइलाइ व्यावहाारमा लागु गर्न समेत आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेकी महालक्ष्मी महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष दिलशोभा सापकोटाले धन्यवाद मन्तव्यको क्रममा आगामी दिनमा समाजको हितमा फरक फरक तालिम संचालन गर्ने प्रतिबद्धता जनाइन् ।

महालक्ष्मी महिला बचत तथा ऋण सहकारी उपाध्यक्ष सावित्री रानाभाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामकली सुवेदीले गरेकी थिइन् ।

 

 

वि.सं.२०८२ जेठ २७ मंगलवार १०:५२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...