back
CTIZAN AD

पछिल्लो १० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह

वि.सं.२०८२ जेठ २७ मंगलवार

624 

shares

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्, जुन ७.३ प्रतिशतको वृद्धि हो । नेपाल राष्ट्र बैङ्कका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्र थियो । जसले चालू वर्षमा कर्जा प्रवाहमा वृद्धि भएको देखाउँछ ।

राष्ट्र बैङ्कले चालू आर्थिक वर्षमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । वैशाख मसान्तसम्म यो वृद्धि ७।३ प्रतिशतमा सीमित छ । वार्षिक विन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ। यसमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको कर्जा अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको कर्जा अंश ३६.९ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंशहरू क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थिए ।

समीक्षा अवधिमा वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैङ्कहरूको ४.१ प्रतिशतले र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत कर्जा प्रवाह भएको छ । २०८१ वैशाख मसान्तमा यस्तो कर्जाको अंश क्रमशः १२.१ प्रतिशत र ६८.५ प्रतिशत थियो ।

यस अवधिमा विभिन्न क्षेत्रतर्फको कर्जा प्रवाहमा वृद्धि भएको छः औद्योगिक उत्पादन क्षेत्रमा ९.० प्रतिशत, निर्माण क्षेत्रमा १२.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ४.९ प्रतिशत, यातायात, सञ्चार र सार्वजनिक सेवामा ११.९ प्रतिशत, सेवा उद्योगमा ७.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.८ प्रतिशत ।

यस्तै, आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, नगद प्रवाह कर्जा ३.४ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२प्रतिशतले बढेको छ । यद्यपि, अधिविकर्ष कर्जा भने १२.९ प्रतिशतले घटेको छ।

वि.सं.२०८२ जेठ २७ मंगलवार १५:०६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...