back
CTIZAN AD

अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण

वि.सं.२०८२ जेठ २७ मंगलवार

633 

shares

अर्घाखाँची । मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।

‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट ११ वटा बाख्रा उपहार प्रदान गरिएको हो ।

गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपालको सहजीकरणमा गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेलले बताईन् ।

निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न मालारानीमा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष पोख्रेलको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष पोख्रेल, वडाध्यक्ष नारायणप्रसाद अर्याललगायतको उपस्थितमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका परियोजना संयोजक दिनेश बेल्वासेले बताए ।

विभिन्न वडामा यस परियोजनाअन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिँदै आएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका लेखापाल अर्जुन खनालले जानकारी दिए । निम्न आयस्रोत भएका किसान लक्षित कार्यक्रम हेफर प्रोजेक्ट नेपालको सहयोग मालारानीमा सञ्चालित छ । फाईल फोटो

वि.सं.२०८२ जेठ २७ मंगलवार १६:३७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...