back
CTIZAN AD

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

वि.सं.२०८२ जेठ २८ बुधवार

471 

shares

तेहरान । इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी आन्दोलनका क्रममा सात जनाको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा मृत्युदण्ड दिएको जानकारी न्याय निकायमार्फत सार्वजनिक गरिएको छ । मृतकहरूमा एक १० वर्षे बालक पनि रहेका थिए ।

अब्बास कुर्कुरी नाम गरेका व्यक्तिलाई इजेह सहरमा भएको गोलीकाण्डमा संलग्न भएको ठहर गर्दै न्यायिक प्रक्रियाबाट मृत्युदण्डको सजाय दिइएको हो । सो आन्दोलन महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो । अमिनी एक इरानी कुर्द युवती थिइन्, जसलाई महिला पहिरनसम्बन्धी कडा नियम उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो ।

उक्त मुद्दा दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको राजधानी अहवाजस्थित क्रान्तिकारी अदालतमा विचाराधिन थियो । अदालतले सुनाएको निर्णय सर्वोच्च अदालतबाट सदर भएपछि कुर्कुरीलाई मृत्युदण्ड दिइएको हो, न्यायिक निकायको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

अदालतले उनलाई ‘पृथ्वीमा व्यापक हानी पु¥याउने कार्य’ तथा ‘ईश्वरविरुद्ध संघर्ष गर्ने’ जस्ता गम्भीर आरोपमा दोषी ठहर गरेको बताइएको छ ।
उनीमाथि सर्वसाधारणलाई त्रसित तुल्याउने उद्देश्यले हतियार प्रदर्शन गरेको, सैनिक हतियारको प्रयोग गरी ज्यानमारा कार्यमा संलग्न भएको र विद्रोही समूहको निर्माण तथा सहभागिताको अभियोग लगाइएको थियो ।
इजेहमा भएको उक्त घटनामा सात जनाको ज्यान गएको थियो, जसमा १० वर्षीय बालक कियान पिरफालक पनि थिए । अधिकारीहरूले उक्त घटनालाई ‘आतङ्कजन्य हमला’ भएको बताएका थिए ।

न्यायिक विवरण अनुसार, अदालतमा कुर्कुरीले आफूमाथि लागेको अभियोग स्वीकार गर्दै, आफू सामाजिक सञ्जालको प्रभावमा परेको बताएका थिए ।
मिजान अनलाइनले उनलाई अघिल्ला वर्षहरूमा पनि सार्वजनिक सुरक्षा भङ्ग गर्ने, गोली चलाउने, सशस्त्र आक्रमण, सम्पत्ति क्षति तथा लागूपदार्थ र रक्सीको अवैध कारोबारमा संलग्न रहेको व्यक्तिका रूपमा वर्णन गरेको छ ।
सन् २०२२ मा सुरु भएको आन्दोलनमा सयौं नागरिक र सुरक्षाकर्मीको ज्यान गएको थियो भने हजारौं व्यक्तिहरू पक्राउ परेका थिए । सो अवधिमा पक्राउ परेका केही व्यक्तिहरूमाथि पनि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ ।

कुर्कुरीमाथि दिइएको सजाय कार्यान्वयन भएको भोलिपल्ट, इरानले सन् २०१८ मा इस्लामिक स्टेट नामक समूहको पक्षमा आक्रमणको योजना बनाएको अभियोगमा नौ जनालाई पनि मृत्युदण्ड दिएको थियो ।

मानव अधिकार क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, मृत्युदण्ड कार्यान्वयन गर्ने देशहरूको सूचीमा चीनपछि इरान दोस्रो स्थानमा रहेको छ । एएफपी/फाइल फोटो

 

वि.सं.२०८२ जेठ २८ बुधवार १३:१६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...