back
CTIZAN AD

कौरा संरक्षण गर्न प्रतियोगिता

वि.सं.२०८२ जेठ २९ बिहीवार

654 

shares

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवद्र्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो ।

लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको क्लबका पूर्वअध्यक्ष सन्तराम थापाले जानकारी दिए ।

मगरको बाहुल्यता रहेको यस क्षेत्रमा कौरा नृत्य प्रख्यात रहेकाले यसको संरक्षण र संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उनले बताए । उनले भने, “कौरा मगर जातिको संस्कृति हो, यसलाई लोप हुन दिनु हुँदैन भनेर संरक्षणमा जुटेका हौँ ।”

प्रतियोगितामा ऋषिङ सांस्कृतिक समूह प्रथम, नेपाल मगर सङ्घ भिमाद इकाई द्वितीय, सिरौले कौरा समूह तृतीय र चित्रे कौरा समूह चौथो भएका छन् । विजयीलाई क्रमशः रु ६० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयीलाई पुरस्कार वितरण गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरूरुले कौरा संरक्षणका लागि थालेको पहल उदाहरणीय रहेको बताए । कौराको उत्पत्ति तनहुँको ऋषिङबाट भएको जनाउँदै उनले पालिकाले पनि मौलिक परम्परा र संस्कृति संरक्षण र प्रवद्र्धनमा समन्वय गर्दै आएको उल्लेख गरे ।

वि.सं.२०८२ जेठ २९ बिहीवार १६:४२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...