back

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

वि.सं.२०८२ जेठ २९ बिहीवार

225 

shares
IME Limited
NTC AD

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ । बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले जनाएको छ ।

गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको जोखिममा रहेका जनाउँदै टीकापुर नगरपालिका, जानकी र कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेका कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताए  । विपद् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष पूर्वतरिकासहित आवश्यक सूचना प्रवाह भइरहेकाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कैलालीस्थित कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको प्रमुख साहले बताए । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी र धनगढी, घुरहा नदीले कैलारी र भजनीलाई प्रभावित गर्दै आएको उनले उल्लेख गरे ।

कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी र भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्ने भएकाले सोही अनुसार पूर्वतयारी थालिएको उहाँको भनाइ छ ।

पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर र जानकी तथा ठूलीगाडले मोहन्याललाई प्रभावित गर्ने सम्भावना रहेको नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले बताए । मनसुनजन्य विपद् आउनुपूर्व समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्वसूचना प्रणाली (सूचना संयन्त्र) तयार गरिएको उनले जानकारी दिए ।

प्रदेश सरकार पनि मनसुनजन्य विपद् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको बताउँदै प्रतिकार्य योजनाको अद्यावधिक गर्ने कार्य भइरहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले उल्लेख गरे ।

कैलालीमा यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेकाले पूर्वतयारीमा जुट्न र आवश्यक समन्वय गर्न सरोकार भएका सबैलाई आग्रह गरिएको उनले बताए ।

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालयका प्रमुख साहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष तुलनात्मक रूपमा बढी डुबान हुनसक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताए । बाढीले कृषिउपजमा बढी नोक्सान गर्नसक्ने भएकाले विपद्सम्बन्धी सूचना लिइरहन कृषक तथा सबै जनसमुदायलाई आग्रह गरिएको उनले उल्लेख गरे ।

वि.सं.२०८२ जेठ २९ बिहीवार १७:११ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ...

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले...

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

सुदूरपश्चिम । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरुलाई अपहरण गरेर बन्धक बनाउने...

कोटामार्फत रासायनिक मल वितरण

कोटामार्फत रासायनिक मल वितरण

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा...

वडाको पहलमा विपन्नलाई बिमा

वडाको पहलमा विपन्नलाई बिमा

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै...