back
CTIZAN AD

नेपाल कसैको मातहतमा रहेन-रहँदैन : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ ३० शुक्रवार

777 

shares

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए ।

“दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्”, काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने । उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए । उनले भने, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।” उनले इतिहासका तथ्यहरुले पहिलेदेदिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत वनस्पतिको महत्व पुर्खाले नै पत्ता लगाएको बताए । “अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेसनमा लाग्नुपर्छ”, उनले भने ।

विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । “पूर्वजदेखि नै सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उनले भने ।

प्रधानमन्त्री ओलीले अध्ययन कहिल्यै नसकिने भएकाले आफ्ना ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतिलाई मौलिक ढङ्गले समाधान गर्दै अगाडी बढ्न दीक्षित विद्यार्थीलाई शुभकामना दिए । “नेपालको शैक्षिक स्तर खस्केको भनाईलाई चिर्न अझ तपाईंहरुको योगदान उच्च रहनेछ, हाम्रो देशबाट विदेशमा गएर चिकित्सक र नर्सले उत्कृष्ट भएर काम गरेका छन्, हाम्रो शिक्षा गुणस्तरीय नभएको भए कसरी विकसित देशले हाम्रा उनीहरुलाई काम लगाइराखेका छन् ?” उनले प्रश्न गरे ।

नेपालको शिक्षा उत्कृष्ट भएर नै देश विदेशमा हाम्रो जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “विद्याले सबै दिन्छ, तर घमण्ड त्याग्नुपर्छ, मित्रता बढाउनुस् सेवाभावले काम गर्नुस् । जीवनशैलीलाई शालिनतामा बदल्नुस्”, उनले सुझव दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १५:१५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...