back
CTIZAN AD

आजदेखि एक सय रुपैयाँमै ‘अञ्जिला’ चलचित्र हेर्न पाइने

वि.सं.२०८२ जेठ ३० शुक्रवार

1.1K 

shares

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र हेर्न पाइने भएको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “अहिलेको प्रविधिमैत्री समयमा चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नु आफैँमा ठूलो उपलब्धि हो । प्रदर्शकसँग सल्लाह गरेर ९३औँ दिनदेखि चलचित्रलाई सय रुपैयाँमै हेर्न पाउने व्यवस्था गरेका छौँ । नेपाली फुटबल र खेलाडीसँग जोडिएको विषयमा बनेको चलचित्र यति सस्तोमा हेर्न पाइने भएपछि अरू के चाहियो, यसबाट अत्यन्त खुसी र हर्षित हुन पाएको छु । यसले आगामी दिनमा अन्य खेलाडीको विषयमा चलचित्र बनाउन चलचित्र निर्माता तथा निर्देशकलाई प्रेरणा मिलेको छ ।”

उनले सामाखुसीस्थित सिटीस्क्वायर मलमा रहेको क्युएफएक्स चलचित्र भवनमा सय रुपैयाँमै ‘अञ्जिला’ हेर्न पाइने बताए । कप्तान सुब्बाको जीवनीमा आधारित सो चलचित्रमा मिलन चाम्सले निर्देशन गरेका हुन् । यसैगरी, कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

“चलचित्र सफल भइसकेको छ, तर पनि प्रेरणादायी चलचित्र हेर्न चाहनेका लागि यो ‘अफर’ ल्याइएको हो । यसले हाम्रो सय दिन पूरा हुने उत्सव मनाएको आभाष गराउँछ”, उनले भने ।

गत वर्ष फागुन २९ मा प्रदर्शन सुरु भएको चलचित्र ‘अञ्जिला’ ले घरेलु ‘बक्सअफिस’मा रु १० करोडको व्यापार (ग्रस कलेक्सन) गरेको वितरक श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०८२ जेठ ३० शुक्रवार १५:२१ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...