
321स्वाधिन जीवन
स्वाधिनता भनेको स्वनिर्भर भएर मानिसको जीवन जीउने कला र विज्ञान हो । स्वाधिनता विज्ञान र प्रविधिमा आधारित भएतापनि उपयुक्त क्रियाकलापका लागि निर्देशित गर्ने विज्ञानमा रूपान्तरण गर्न आवश्यक पर्छ र त्यसका लागि कला आवश्यक हुन्छ । वास्तवमा विज्ञानले अस्तित्वमा रहेको पदार्थलाई मात्र स्वीकार्छ तर कलाले कसरी ठोस रूपमा कार्यान्वयन गर्ने भन्ने पाठ सिकाउछ । यो आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक र स्वतन्त्रतापूर्वक बाँच्न पाउने मानव अधिकारको सुनिश्चितताको लागि गरिने नागरिकको स्वनिर्णय तथा वहुआयमिक कार्य हो । हरेक व्यक्तिमा गुण, ज्ञान, कुशलता, परिश्रमी, विवेकशीलता र स्वनिर्भर रहन सक्ने क्षमता छ । प्रकृतिले हरेक मानवलाई आफ्नो जीवन जिउने कला दिएको छ, दिगो विकासको लागि साधन र स्रोत उपलब्ध गराएको छ । हुन त अहिलेको संसार अन्तरनिर्भर छ । एक अर्काबाट कोही पनि अलग भएर बाँच्न कठीन हुन्छ । तथापि, शान्ति, सुशासन र संवृद्धी हासिल गर्नका लागि मानिसले प्रकृतिको नियम, मुलुकको कानून, संसारमा भइरहेको विज्ञान र प्रविधिको विकास प्रक्रियाको अपडेट्र समाजिक मुल्य मान्यता अनुसार चल्नु पर्ने हुन्छ ।
स्वाधिनतापूर्वक जीवन जिउने सूत्र
स्वाधिनतापूर्वक जीवन जिउने सूत्रहरु निम्नलिखित रुपमा प्रस्तुत गरिएको छ –
१. दर्पण : झूठ बोल्न दिदैन
दर्पणको अगाडि उभिंदा आफू जस्तो हो त्यस्तै देखिन्छ । त्यसैले आफूलाई मानिसले के सोच्नु पर्छ भने म ऐंनाको अगाडि भएको हुँदा सत्य बोल्नु पर्छ । दर्पणले कहिल्यै पनि मानिसलाई झूठ बोल्न दिदैन । जात्रेको लागि यो दर्पण तिमी आफै भित्र छ बाहिर कतै ऐना खोज्दै हिड्नु पर्दैन । जस्ले आफूभित्रको दर्पणको दर्शन गरेको छ, आफूले आफैलाई चिनेको छ र आफ्नो आदर्श आफैलाई मानेको छ उसले जीवनमा कसैलाई ठगी गर्न र झुक्याउन सक्दैन । ऊ भित्रको चैतन्यले उस्को हरेक क्रियाकलापहरु अनुगमन गरिरहेको हुन्छ । एउटा जागृत मानवले झूठ बोल्न सक्दैन किनभने उस्को लागि यो संसारमा गुमाउनु पर्ने केही वस्तु छैन ।
२. ज्ञान :भयभित हुन दिदैन
ज्ञान नै शक्ति हो ।अहिलेको समाज ज्ञानमा आधारित छ । जस्को हातमा परम्परगत तथा वैज्ञानिक ज्ञान, प्रविधि र सिप छ उहि नै शक्तिशाली हुन्छ । कुनै पनि सवालमा ज्ञान हासिल गरेको व्यक्ति कोहीसंग भयभित हुनु पर्दैन । मानिसको लागि ज्ञान नै रक्षा कवच हो, संसारको साधन र स्रोत हात पार्ने आधार हो ।
३. अध्यात्म : मोह हुन दिदैन
अध्यात्म भनेको चित्तको स्वअध्ययन हो । आफ्नो अध्ययन आफैले गर्ने विद्यामा जो व्यक्ति पारङ्गत छ उसलाई संसारीक वस्तुप्रति धेरै मोह भएको पाइदैन । जसले शरीर, मन, बुद्धि र चैतन्यलाई सृष्टिको केन्द्रसंग समाहित गर्ने क्षमता राख्दछ उसले नै सुख, शान्ति, सम्पत्रता र परम आनन्द प्राप्त गर्न सक्दछ । यो ज्ञान निरन्तर ध्यानको साधनाबाट प्राप्त गर्न सकिन्छ । यसको लागि असल सद्गुरुको आवश्यक्ता पर्दछ ।
४. सत्य : कमजोर हुन दिदैन
सत्य भनेको तथ्यको आधारमा भएको प्रमाणिक कुरा हो । जो व्यक्ति सत्यवादी छ, झूठको खेती गरेर मानिसलाई भ्रममा राख्न चाहत्र र कसैलाई ठग्दैन भने उसको उच्च नैतिक बल हुन्छ । नैतिक बलले नै मानिसले आफ्नो शिर ठाडो गरेर कुरा गर्न सक्छ र कसैसंग डराउनु पर्दैन । त्यसैले सत्यको बाटो हिड्ने व्यक्तिलाई कहिल्यै पनि कमजोर हुन दिदैन ।
५. प्रेम : ईष्र्या हुन दिदैन
प्रेम भनेको यस्तो एउटा निस्वार्थ, निडर, साहसिक र कामूक भावनात्मक अवस्था हो जस्ले एक अर्कालाई निःसर्त रुपमा माया गर्दछ । हरेक व्यक्तिको प्रेममा एउटा यस्तो चुम्बकिय आकर्षण हुन्छ जस्ले एक अर्कालाई मोहित पार्दछ र अन्त्यमा स्वर्गिय आनन्द प्राप्त हुन्छ । यसले दुईलाई एक बनाउछ र भावनात्मक सम्बन्ध स्थापित गर्दछ । समाज, साथित्व, र प्रेम प्रकृतिका वरदान हुन जस्ले जीवन्त सम्बन्ध स्थापित गर्न एक रसायनको काम गर्दछ । प्रेमले जोड्दछ, रिस, कलह, ईष्र्या र वैमनस्यलाई हटाउँदछ । त्यसैले प्रकृति, पशुपन्छि, वनस्पत्ति, मानिस र ब्रह्माण्डका हरेक ग्रह र खुला आकासलाई प्रेम गरेर परम आनन्द प्राप्त गर्न सकिन्छ ।
६. विश्वास : दुःखी हुन दिदैन
विस्वास भनेको कसैसंग गरिने भरोसा, आस्था र निसङ्कोच रुपमा केही चीजमाथि गरिने पत्यार हो । विस्वासको आधारमा मानिसले दुःखबाट छुटकारा, रोगबाट मुक्ति, मनमा सुख, शान्ति, आरोग्य, र परम आनन्द प्राप्त गर्न सक्दछ । विस्वासले मानिसलाई कहिल्यै पनि दुःखी हुन दिदैन । निस्वार्थ प्रेम र व्यवहार नै विश्वासको कशी हो । विस्वास घात गर्नु जस्तो अपराध केही होइन ।
७. कर्म :असफल हुन दिदैन
कर्म भनेको लक्ष्यमा पुग्न निरन्तर गरिने परिश्रम हो । जो व्यक्ति अटुट रुपमा श्रम गर्दछ, पसिना बगाउछ र आफ्नै पौरखले बाँच्छ र अरुलाई सेवा गर्दछ भने त्यो कर्मयोगी हो त्यस्तो मानिस जीवनमा कहिल्यै असफल हुँदैन । आफू, परिवार, समुदाय, राष्ट्र र विश्वसमुदायको लागि कर्म गर्ने व्यक्ति महान हो । मानिसको निरन्तर कर्मले कहिल्यै पनि जीवन असफल हुन दिदैन । कर्मयोगी नै संसारका पुरुषार्थी, उद्यमी र सफल व्यक्तिहरु हुन् ।
८. नैतिकता : शिर झुक्न दिदैन
हरेक समाज आफ्ना सामाजिक मूल्य मान्यता, संस्कार, संस्कृति र सभ्यता अनुसार चलेको हुन्छ । समाजको सदस्यको हैसियतले के गर्नु हुन्छ र के गर्नु हुदैन भन्ने कुरा पूर्खाले आर्जेको विरासत, सामाजिक भूमिका, आफुभन्दा ठूलाको सत्कार र सत्कर्ममा आधारित हुन्छ । जो व्यक्ति नैतिकवान छ उसले समाजमा आफ्नो शिर कहिल्यै झुकाउनु पर्दैन । समाजमा नैतिक बल नै ठूलो हुन्छ । जुन समाजमा नैतिकता गुम्दै गएको हुन्छ त्यहाका मानिसहरुलाई अरुले आदर र सम्मान गर्दैनन् ।
समाजमा मानिसहरुको चालचलनसम्बन्धी नियमहरु वा मर्यादाहरुको संगोल समुच्चयलाई आचार वा नैतिकता भन्दछन् । यसले न्याय र अन्याय, सत्कार्य र दुष्कार्य, सदाचार र दुराचार आदिको बारेमा मानिसहरुको धारणा प्रतिबिम्बित गर्दछ । न्यायिक मर्यादाहरुको विपरित नैतिक मर्यादा र नियमहरु कानूनको रुपमा लीपिबद्ध हुँदैनन् । जनमत, रीतिरिवाज, चालचलन र शिक्षादीक्षाको शक्तिद्वारा अर्थात मानिएको आन्तरिक प्रेरणाको शक्तिद्वारा तिनको संरक्षण भैराखेको हुन्छ । तिनले समाजप्रति, अन्य मुलुकहरुका जनताहरुप्रति, परिवारप्रति तथा अन्य मानिसहरुप्रति मनुष्यको सम्बन्ध निरुपित गर्दछन् । मानव समाजको उत्पत्ति भएदेखि नै नैतिकता अस्तित्वमा रहदै आएको हो । समाजको विकास हुँदै गएअनुसार उत्पादन र उत्पादन सम्बन्धहरुमा हुने परिवर्तनको प्रभावमा परेर नैतिक मान्यताहरु पनि बदलिदै जान्छन् । यस हिसाबले नैतिकताले सामाजिक जीवनका सबै पक्षहरुलाई प्रभावित पारेको हुन्छ । श्रम र स्वामित्वप्रति मानिसहरुको सम्बन्धको माध्यमबाट यसले अर्थतन्त्रमा असर पार्दछ ।
९. भातृत्व : पूर्खाको विरासत भूल्न दिँदैन
भातृत्व भनेको एउटा वंश, जाति र राष्ट्रसँग जोडिएको सवाल हो । जो आफ्नो भातृत्वप्रति प्रेम गर्छ, गर्व गर्छ र परेको वेलामा सहयोग गर्न हात बढाउँछ त्यस्तो भावनाले बन्धुहरुप्रति एकता बढाउछ र एकता नै बल हो भत्रे कुराको पुष्टि गर्दछ । वास्तविक भातृत्वले पूर्खाको विरासत भूल्न दिदैन । यसले समग्र राष्ट्र विकासमा समेत योगदान पु¥याउँछ ।
१०.देशभक्त : राष्ट्रको शिर झुक्न दिदैन
आफ्नो देशको माया गर्नु, भौगोलिक अखण्डता जोगाउनु, पूर्खाले आर्जेको संस्कृती र सभ्यता जोगाउनु, परम्परागत रैथाने ज्ञानको जगेर्ना गर्नु र आफ्नो माटोको संरक्षण गर्नाले नै हरेक नागरिकमा देशभक्तिको भावना जागृत हुन्छ । सच्चा देशभक्तले कहिल्यै पनि राष्ट्रको शिर झुक्न दिदैन । हाम्रा पूर्खाले कमाएको देशभक्तिको पुँजि नै नेपालीको वीरताको पहिचान हो । यो देशभक्ति भावना कायम राख्नाले नै नेपाल र नेपालीको श्रीवृद्धि हुन्छ ।
११. बलिदान : स्वाभिमान गुम्न दिदैन
राष्ट्र र राष्ट्रीय स्वाधिनताको लागि आफ्नो जीवनको समेत आहुति दिनुलाई नै बलिदान भनिन्छ । नेपाल हाम्रा पूर्खाको बलिदानीपूर्ण शंघर्षले आर्जेको, टिकाएको र साम्राज्यवादी गुलामीबाट बचाएको स्वाभिमानी राष्ट्र हो । नेपाल–अंग्रेज युद्धमा बालबालिका, महिला, ज्येष्ठ नागरिक र वीर लडाकुहरुले आफ्नो ज्यानको बाजी मारेर लडेका थिए । सबै तह, तप्का, वर्ग, उमेर, लिङ्ग, जात जातिका नेपालीहरुले नेपालको राष्ट्रिय अस्मिता र अखण्डता जोगाउन बलिदानीपूर्ण युद्ध लडेको रक्त रञ्जित इतिहास ताजै छ । बलिदान एउटा यस्तो शक्ति हो जसले स्वाभिमान गुम्न दिदैन ।
१२. परिश्रम : गरिब हुन दिदैन
पानीले नुहाउनेहरुले नुहाइसकेपछि आफ्नो लुगा फेर्दछन् भने पसिनाले नुहाउनेहरुले नै इतिहास बदल्छन् । जो परिश्रमी छन् आफ्नो परिश्रमको कमाइमा जिउछन् र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउदछन् तीनीहरु नै राष्ट्रका भीर मौरीहरु हुन् । परिश्रमीहरु कहिल्यै पनि गरिब हुनु पर्दैन । परिश्रममा यस्तो शक्ति लुकेको छ जसले मानिसलाई कहिल्यै गरिब हुन दिदैन ।
१३. सिद्धान्त : बाटो भुल्न दिदैन
सिद्धान्त भनेको मानिसलाई वर्तमानमा सुख, शान्ति र आनन्दसंग जीवन जिउने र सुनौलो भविष्य तर्फ मार्ग निर्देश गर्ने आधार हो । मानिसद्वारा सिद्धान्त विना गरिएको काम अध्यारोमा ढुङ्गा हात्रु सरह हो । राजनीति, आर्थिक तथा सामाजिक रुपान्तरण, साँस्कृतिक पहिचान, मानव अधिकारको अध्यास, अध्ययन, अनुसन्धान, शिक्षण, विकास र निर्माण, वातावरणीय सन्तुलन, र्दैनिकी आदि कामको लागि सिद्धान्तको ठूलो महत्व छ । सही सिद्धान्तमा चल्न सकेमा मानिसलाई बाटो भूल्न दिदैन । सामाजिक विज्ञानका सिद्धान्तहरु आफैले पनि प्रतिपादन गर्न सकिन्छ र व्यवहारमा लागू गर्न सकिन्छ ।
१४. हासो : रोग लाग्न दिदैन
साँच्चो अर्थमा हासो भनेको जीवनको मुस्कान अथवा खुसीको संकेत हो । जो मानिस सधै हँसिलो, फरासिलो, मनमा पाप, ईष्र्या, अहंकार, काम, क्रोधबाट कम प्रभावित हुन्छ उसले नै भित्री मनबाट नै हाँसो प्रकट गर्न सक्छ । हाँसोले तनावबाट मुक्ति, क्रोध कम गर्न, आरोग्यता, सुख, शान्ति, सम्वृद्धि, दिर्घायु, सुस्वास्थ्य, आनन्द र विवेकशीलता प्राप्त गर्न धेरै योगदान पु¥याउँदछ । धेरै हाँस्ने मानिसहरु लामो आयु भएका र काममा फूर्तिला पनि हुन्छन् ।
१५. योग तथा ध्यान : मन वहकिन दिदैन
योग भनेको शरीर, इन्द्रिय, मन, बुद्धि, विवेक र चैतन्यलाई सृष्टिको केन्द्रसंग जोड्ने विज्ञान हो । यो खास गरेर आत्मा, जो कि एक मात्र जीवन शक्ति हो, लाई जान्ने; शरीर, समाज, विश्व तथा ब्रह्माण्डसित यसको सुसम्बन्ध स्थापित गर्ने; कायम राख्ने र अन्त्यमा यसलाई प्रकृतिमा विलीन पार्ने कला हो । अर्को शब्दमा, योग एउटा व्यवस्थित मनोवैज्ञानिक अभ्यास हो जसबाट जागरुकता बढाउन सकिन्छ; इच्छा शक्ति विकसित गर्न सकिन्छ; आत्मबोध प्राप्त गर्न सकिन्छ; आफैसित र समाजसित लयबद्ध हुन सक्ने तथा सर्वशक्तिमानमा मिसिएर जीवन–मृत्युको चक्रबाट छुटकारा पाउन सक्ने हेतुले चरित्रलाई कायापलट गर्न सकिन्छ । योग मानिसको पूर्णताको लागि एउटा पूर्ण प्रकृया हो । यस प्रकृयाद्वारा उ आफ्नो व्यक्तित्वको विकास गरेर अन्तिम लक्ष्यसम्म पुगी जीवनको उद्देश्य पुरा गर्नसक्छ ।
१६. विज्ञान : सत्य मर्न दिदैन
कुनै वस्तु वा पदार्थको एकाईको क्रमवद्ध तथा व्यवस्थित ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान जहिल्यै पनि तथ्य, सत्य, निष्पक्ष, शंसय र अवलोकनमा आधारित हुन्छ । अनुसन्धानबाट प्राप्त नतिजालाई बारम्वार प्रयोग गर्दा पनि उस्तै गुण, मात्रा, र प्रतिफल निस्कन्छ भने त्यसलाई वैज्ञानिक तथ्यको आधारमा प्रमाणिक ज्ञानको रुपमा लिन सकिन्छ । अहिलेको जमाना विज्ञानमा आधारित ज्ञानको जगमा अडिएको छ । विज्ञान र प्रविधिको प्रयोगले नै संसारको भौतिक विकास, सहजता, सुगमाता, छिट्टै नतिजा निकाल्न सम्भव भएको हो । विज्ञानको प्रयोगले समाजमा सत्य मर्न दिदैन । जहिल्यै पनि वैज्ञानिकहरु जिज्ञासु हुनुपर्छ, सत्य तथ्य पत्ता लगाउन निरन्तर प्रयोगात्मक अभ्यासहरु गरिरहनुपर्दछ । निरन्तर अनुसन्धान र प्रयोगले नै सत्य पत्ता लगाउन सकिन्छ, ज्ञान र सिपलाई मर्न दिदैन ।
१७. कानूनको पालना : न्याय मर्न दिदैन
समाजमा सुख, शान्ति, न्यायपूर्ण समाज स्थापना र अन्याय हुन नदिनको लागि बनाइएको नियमलाई कानून भनिन्छ । यो राज्यबाट निर्देशित अथवा समाजिक परम्पराबाट चलाइएको हुन्छ । कनून सबैको लागि समान हुन्छ । लोकतान्त्रिक समाजमा सबै नागरिकहरु कनूनको अधिनमा हुन्छन् । नेपालको सन्दर्भमा हेर्दा यहाँ कोही पनि कानून भन्दा माथि रहेको छैन । लोकतान्त्रिक मुलुकमा न्यायपालिकाले कानूनको व्याख्य गर्ने गर्दछ । न्यायपालिकाको फैसलालाई सबैले मात्रु पर्ने हुन्छ । सही रुपमा कानूनको पालना गर्नाले समाजमा न्याय मर्न दिदैन ।
१८. सदाचार :भ्रष्टाचार हुन दिदैन
सदाचार भनेको स्वच्छ, चरित्रवान, पारदर्शी, अनैतिक आर्थिक तथा सामाजिक क्रियाकलापहरुबाट मुक्त व्यवहार हो । सदाचारको पालनाले समाजमा शान्ति, सुरक्षा, सुव्यवस्था,न्याय र सामाजिक समानता कायम गर्न योगदान पु¥याउदछ । सदाचारले भ्रष्टाचार हुन दिदैन ।
१९. अभिलेखन : विज्ञान मर्न दिदैन
अभिलेखन भनेको समाज, प्रकृति र आफ्नो व्यक्तिगत अनुभवलाई लिखित रुपमा दस्तावेजीकरण गर्नु भत्रे बुझिन्छ । कुनै पनि अनुभव, विचार, कामको प्रतिफल र अध्ययनको नतिजा सिलसिलेवार ढङ्गबाट लेखेर प्रतिवेदन अथवा पुस्तक प्रकाशन गरिएन भने ज्ञान मर्दछ । अभिलेखन कार्यले विज्ञान मर्न दिदैन । हाम्रो पूर्वीय समाजमा मौखिक आधारमा ज्ञानको पुस्तान्तरण हुने परम्परा थियो, लिखित रुपमा प्रकाशित गर्ने चलन नभएकाले धेरै रैथाने ज्ञान लोप भएर गएको पाईन्छ ।
२०. निरन्तर प्रश्न सोध्नाले :मानिसको विचार मर्न दिदैन
सही प्रश्न गर्नाले मात्र सही उत्तर पाउन सकिन्छ । भनिन्छ सही प्रश्नले आधा उत्तर बोकेको हुन्छ । विद्यालय, विश्वविद्यालय र सरकारी तथा नीजी संघ संस्थामा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुले निरन्तर रुपमा एक आपसमा प्रश्न सोधीरहनु पर्दछ । निरन्तर प्रश्न सोध्नाले मानिसको विचार मर्न दिदैन र व्यवस्थापक, प्राध्यापक, शिक्षक, नेताहरुमा आलोचनात्मक चेत, अध्ययनशील र सिर्जनशीलता बढेर जान्छ ।
२१. सकारात्मक सोंच : नकारात्मक कर्म हुन दिँदैन
सकारात्मक सोंच भनेको धनात्मक दृष्टिकोण हो । भनिन्छ जस्तो दृष्टि त्यस्तै सृष्टि । सकारात्मक सोंचले सकारात्मक नै फल दिन्छ । असल मानिसहरु जहिल्यै पनि सकारात्मक सोंचका धनि हुन्छन् र सफलता नै हात पार्छन् । त्यसकारण सकारात्मक सोंच राख्ने मानिसमा नकारात्मक कर्म हुन दिँदैन । सोंच आलोचनात्मक भए पनि कर्म चाहिँ सकारात्मक हिसावले गर्नुपर्ने हुन्छ ।
२२. सिर्जनात्मक प्रयोग : सिद्धान्त मर्न दिदैन
सिर्जना भनेको केही वस्तु अथवा सेवाको आविष्कार हो । सिर्जना गर्नको लागि मानिसमा निरन्तर श्रम, वैज्ञानिक प्रयोग, सकारात्मक सोंच र समाजको लागि केही गरौं भत्रे भावना चाहिन्छ । समाजमा धेरै सिद्धान्तहरु प्रतिपादन भएका छन् तर सिर्जनात्मक प्रयोग नभएर मर्ने खतरा पनि त्यतिकै छ । त्यसकारण समय, स्थान र परिस्थिति अनुसार सिर्जनात्मक प्रयोगले सिद्धान्त मर्न दिदैन ।
२३. निरन्तर अभ्यास : सिप मर्न दिदैन ।
धेरै पोख्त मानिसहरु आफ्नो सिप तथा कुशलता बढाउन निरन्तर अभ्यास गर्दछन् । निरन्तर अभ्यासले नै सिप मर्न दिदैन । नयाँ कुराको आविष्कार गर्नुपूर्व वैज्ञानिकहरु प्रयोगशालामा धेरै समय दिएर निरन्तर अभ्यास गर्दछन् जसको फलस्वरुप एउटा नविन वस्तुको उत्पादन हुन सक्दछ ।
२४ असल संगत : खराब प्रतिफल हुन दिदैन
मानिसले सकेसम्म आफूभन्दा ज्ञानी, महात्मा र विद्वानसंग संगत गर्नु पर्छ । संगत अनुसारको ज्ञान पाइन्छ । छल, कपट, शोषण, भ्रष्टाचारबाट प्राप्त धनदौलतले सुख शान्ति दिंदैन । यसले मानिसमा मानसिक तनाव सृजना गर्दछ, र सधै पीडा महसुस हुन्छ । अत्याधिक लोभलालचमा अभिबृद्धि भै अन्त्यमा दुःखको सागरमा फस्दछ । कुभावनाबाट कुकर्मको जन्म हुन्छ, त्यसैले सधैं सद्भाव राख्नु पर्छ । यसैबाट सबैको भलो हुन्छ ।
२५.हरेक कामप्रति प्रेम : मानिसलाई तुच्छ बत्र दिदैन
जीवनको सिकाई, अनुभव, ज्ञान कार्यकुशलता, लगनशीलता, ईमान्दारिता र अटुट मेहनत मानिसका अमूल्य सम्पत्ति हुन् । हरेक कामको कदर गरौं, सधै गुणस्तरिय र उत्कृष्टता प्रति सचेत रहौं । कुनै पनि काममा कहिल्यै लापरवाहि नगरौं । हरेक कामलाई आफ्नै सम्झौं । जसले कामलाई सधै प्रेम गर्छ त्यो ब्यक्ति नै महान हुन्छ । हरेक कामप्रतिको प्रेमले मानिसलाई तुच्छ बत्र दिदैन, बरु यस्तो विचारले त मानिसलाई त महान बनाउँछ ।
२६. अन्तर मन : आनन्द मर्न दिदैन
अज्ञानीहरु कि विश्वास गर्छन् कि अविश्वास गर्छन् । तर ज्ञानीहरु दुवै गर्र्दैनन् । ज्ञानीले कालअनुसार परिस्थितिको परिवर्तन भइरहन्छ भनेर जानेका हुन्छन् । आज मित्र मानिएकाहरु भोलि शत्रु र आज शत्रु मानिएकाहरु भोलि मित्र हुनलाई खासै केही भइरहनु पर्दैन । त्यसैले वास्तविक आनन्दको स्रोत घटनाक्रमहरुमा नभई कालातीत अन्तरमनमा हुन्छ भनेर ज्ञानीहरुले बुझेका हुन्छन् । गहन शान्ति नै परमानन्द, सच्चिदानन्द हो । जुन सम्पूर्ण नै ब्रह्माण्ड हो भन्ने तथ्य निहित छ । यस्तो अनुभव नै समाधि हो । जब चराचर जगतलाई ईश्वर जानेर मनका विरोध र द्वन्दलाई समाप्त गरिन्छ । हाम्रो मन कुनै आर्कै लोकमा स्थिर हुन्छ । जहाँ हरेक क्षण आनन्दको वर्षा भइरहन्छ । आनन्द भन्ने कुरा बाहिर संसारमा खोजेर पाइदैन । आफूलाई चिन्नु, अन्तरआत्मालाई बोध गर्नु हो । साथै संसारको सबैभन्दा सुन्दर स्थान पनि अन्त कतै नभई हाम्रै अन्तरआत्मामा स्थित छ । त्यहाँ उमेर, काल, परिस्थिति आदिले प्रभाव पार्दैनन् ।
२७. शत्रु : जिउने कला मर्न दिदैन
दुःखले बाच्न सिकाउँछ, ऋणले कमाउन सिकाउँछ भने शत्रुले जीऊन सिकाउँछ । यो जीवन शँघर्षमय छ । जसले जीवनबाट सहिरुपमा सिक्न सक्छ र ब्यावहारमा उतार्दछ उसले नै जीवनमा सफलता हासिल गर्न सक्छ । जीवनमा बाधाहरु आइ नै रहन्छन् तर त्यसलाई पन्छाउन आफै अघि सर्नु पर्छ । अरुले त ताली मात्र पिटछन् । त्यसैले जहिले पनि आफैमा भर गरौं । आफनो बत्ती आफै बनौं र समाजलाई समेत उज्यालो फैलाऊ ।
निष्कर्ष
हाम्रो समाजमा अहिले नैतिकता, सामाजिक मूल्य मान्यता, आर्थिक अनुशासन, सदाचार, कर्तव्य वोध, सामाजिक सद्भाव र सकारात्मक चिन्तन, श्रमको सम्मान र कर्मप्रति लगनशीलता क्षयिकरण हुँदै गएको छ । समाजमा धेरैजसो मानिस अधिकारको कुरा गर्ने तर आफ्नो कर्तव्य ख्याल नगर्ने, नकारात्मक टिकाटीप्पणी गर्ने, अर्काको कुरा काटेर समय खेर फाल्ने, परिश्रम नगरी फलको आसा गर्ने र आफै जान्ने कहलाउने, अरुलाई होच्याउने, खिसीटिउरी गर्ने आदि संस्कारको विकास भइरहेको देखिन्छ । यस्ता प्रवृत्ति र व्यवहारले न त व्यक्ति आफू उभो लाग्न सक्छ न त समाजको भलो हुन्छ । नकारात्मक सोंचले समाजलाई अध्यारो सुरुङतिर धकेल्दछ । त्यसैले हरेक नागरिकको मन–मष्तिष्कमा सकारात्मक सोंच तथा व्यवहारको विकास हुनु पर्ने टड्कारो आवश्यक्ता महसुस हुन थालेको छ । यसको लागि राज्यका नीति निर्माण, निर्णय तह र कार्यन्वयन गर्ने कार्य स्थलमा सकारात्मक चिन्तन र व्यवहारको खाँचों छ । हरेक नागरिकले कुनै पनि कामको सुरुवाता आफैंबाट गरौं र देश र जनताप्रति केही गरौं भन्ने भावना राखौं । वर्तमान समाजमा यति गिर्दो नैतिक अवस्था कहिल्यै थिएन । श्रमको सम्मान, वैज्ञानिक प्रयोग, उत्पादन र उत्पादकत्व वृद्धिको लागि संघर्ष, अन्यायको विरुद्धमा आवाज उठाउने र फलामे अनुशासन पालनाले नै मानिसलाई महान बनाउँछ । भोलीको काम आजै गर्ने र आजको काम अहिल्यै गर्ने संस्कारको विकास गरौं । यहि नै सुशासन र अनुशासित जीवनशैली हो ।
वि.सं.२०८२ जेठ ३० शुक्रवार १५:२६ मा प्रकाशित