back
CTIZAN AD

भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग

वि.सं.२०८२ जेठ ३० शुक्रवार

921 

shares

काठमाडौं । राष्ट्रियसभाका सदस्य गङ्गाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रुपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन् ।

“नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ”, सदस्य बेलबासेले भनिन्, “अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन लगाउने काम गर्नुहुँदै, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तरराष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ ।”

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेको भए पनि अहिले छानबिन समिति यथाशीघ्र बनाएर अघि बढ्न माग गरेको र राष्ट्रियसभा निरन्तर रुपमा चले पनि उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

सांसद बेलबासेले भिजिट भिसा प्रकरणकै कारण केही दिनदेखि प्रतिनिधिसभा अवरुद्ध भएको र अध्यागमनमा समस्या देखिएपछि कर्मचारी अनुगमनमा तानिएको अवस्थामा अनुसन्धान जरुरी भएको उनको भनाइ थियो ।

“भिजिट भिसामा नेपालीलाई बाहिर लैजाने, अर्को कुनै देश गइसकेपछि दलालमार्फत फेरि अर्को देश लैजाने गरेको देखियो”, उनले भनिन्, “ट्राभल ऐजेन्सीहरु, मेनपावर एजेन्ट, कर्मचारी मिलेर भ्रष्टाचारमा मुुच्छिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तानेपछि प्रतिनिधिसभा अवरुद्ध छ, त्यसका लागि उच्चस्तरी छानबिन समिति गठन जरुरी छ ।”

नेपालमा कानुनी राज्य भएको कुरा अन्तरराष्ट्रिय जगतलाई देखाउनका लागि पनि छानबिन समिति जरुरी भएको उनको भनाइ थियो । फाइल फोटो

वि.सं.२०८२ जेठ ३० शुक्रवार १५:२७ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...