काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति भएको छ । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित २ साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।
सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०८२ जेठ ३० शुक्रवार १६:१८ मा प्रकाशित





























