स्याङ्जा । स्याङ्जामा मादक पदार्थ सेवन गरी टिप्पर चलाउने चालक कारवाहीमा परेका छन् । मकवानपुर भिमफेदी गाउँपालिका ४ पाङग्राङ घर भइ हाल पाल्पा तिनाहुँ गाउँपालिका ३ बस्ने २४ वर्षिय आकाश तामाङ कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षकप्रसन्न राज चौधरीले जानकारी दिए ।
विहीबार बिहान करिब ६ बजे पुतलीबजार नगरपालिका १ तिनधारे स्थित सिद्धार्थ राजमार्गमा मादक पदार्थ सेवन गरी बा. ५ ख. ८४१४ नम्बरको टिप्पर चलाई दुर्घटना गराई अभद्र व्यवहार समेत गरेको हुँदा तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।
वि.सं.२०८२ जेठ ३० शुक्रवार १६:३५ मा प्रकाशित





























