back

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

वि.सं.२०८२ जेठ ३१ शनिवार

372 

shares
IME Limited
NTC AD

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् ।
शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्यायो ।

इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ, संयुक्त राष्ट्रका लागि चिनका स्थायी प्रतिनिधि फु कङ्गले भने ।

चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउदै उनले इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको सुरक्षा परिषद्को आपतकालीन बैठकमा बताए । द्धन्द्धको वृद्धिले कसैको हितमा काम नगर्ने बताउदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरे ।

उनले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न, र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे ।

हालको घटनाक्रमको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गर्दै चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रहि आक्रमणको विरोध गरेको उनले बताए ।

आणविक सन्धिको एक पक्षको रूपमा, इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नु पर्ने उनले उल्लेख गरे ।

उनले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नु पर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नु पर्ने बताए । सिन्ह्वा

वि.सं.२०८२ जेठ ३१ शनिवार १६:०५ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...