back

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ असार १ आइतवार

201 

shares
IME Limited
NTC AD

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीबृज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले हिजो पुलको केही भाग जडानका क्रममा भाँचिदा तीन जना मजदुरको ज्यान गएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरे । उनले त्यहाँ अर्को बेलिबृज जडान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

हेवाखोलामा पुल नहुँदा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सहज रूपमा आउजाउ गर्न कठिन भएको बताउँदै सांसद भट्टराईले भने, “अघिल्लो वर्ष बाढीले हेवाखोलाको निर्माणाधीन बेलीबृज भत्काएको थियो । सरकारले तीव्र गतिमा त्यसमा काम गरिरहँदा हिजो भाँचियो । पुल नहुँदा ताप्लेजुङमा निर्माणधीन जलवविद्युत् आयोजनाका निर्माण सामग्री, दैनिक उपभोग्यवस्तुको ढुवानी प्रभावित भएको छ । पर्यटक र बिरामीलाई समस्या भएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले इजराइल–इरान युद्धका कारण जोखिममा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले इजराइलमा रहेका सात हजार नेपालीको सुरक्षाका लागि तत्काल कूटनीतिक प्रयास थाल्नुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले सर्लाही क्षेत्र नं १ को निर्वाचन रणनीतिक सडकको लालबन्दीदेखि मलङ्गवा जोड्ने पुल अलपत्र भएकाले त्यसमा ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद नागिना यादवले सदन अवरोध हुँदा जनताका समस्या सदनमा राख्न समस्या भइरहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ठाकुरप्रसाद गैरेले पाल्पाको रम्भा गाउँपालिका– ३ रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बाबारे चर्चा गर्दै उच्च भेगमा पाइने जडीबुटीको खोज अनुसन्धान एवं प्रयोगबारे सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे ।

 

वि.सं.२०८२ असार १ आइतवार १४:४१ मा प्रकाशित

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

काठमाडौं । पहिरो र लेदो पन्छाएपछि बीपी राजमार्ग सञ्चालनमा आएको...

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु...

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

काठमाडौं । पहिरो र लेदोका कारण बिपी राजमार्गका तीन स्थानमा...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ...