back

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

वि.सं.२०८२ असार १ आइतवार

234 

shares
IME Limited
NTC AD

 

देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय क्षेत्रमा यात्रु विमान ठोक्किँदा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएकोमा आफन्तहरूले शोक व्यक्त गर्दा यो घातक दुर्घटना भएको हो ।

उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटनामा पाइलट र सबै छ जना यात्रुको मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले एएफपीलाई बताए ।

राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ‘अत्यन्त दुःखद समाचार’ पछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको बताए ।

जिल्ला पर्यटन अधिकारी राहुल चौबेका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्छ ।

केदारनाथ मन्दिर तीन हजार पाँच सय ८४ मिटर (११ हजार सात सय ५९ फिट) उचाइमा अवस्थित छ र गर्मीको समयमा यहाँ पहुँच सम्भव हुँदा तीर्थयात्रीहरूको भीड लाग्छ ।

हेलिकप्टर चार्टर फर्महरूको कुटीर उद्योग भारतीय हिमालयका तीर्थस्थलहरू भ्रमण गर्न चाहने तर कठिन पदयात्राबाट बच्न रुचाउने धनी तीर्थयात्रीहरूलाई सेवा दिन विकसित भएको छ ।

गत महिना मन्दिर जाने बाटोमा भएको अर्को हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको थियो । एएफपी/ सांकेतिक फोटो

वि.सं.२०८२ असार १ आइतवार १४:५५ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...