back

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

वि.सं.२०८२ असार ३ मंगलवार

303 

shares
IME Limited
NTC AD

क्यानबेरा । अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एकजना वरिष्ठ अधिकारीले बताएका छन् ।

रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना बनाइरहेको बताए ।

“अहिले हवाई क्षेत्रहरू बन्द छन्, त्यसैले विमानहरू भित्र छिर्न र बाहिर निस्कन सक्दैनन्, तर हामी अस्ट्रेलियालीहरूलाई निकाल्ने वा ती क्षेत्रहरू फेरि खुल्दा उनीहरूलाई व्यावसायिक उडानहरूमा जान सहयोग गर्ने योजनाहरू तयार गरिरहेका छौँ”, उनले भने ।

यस क्षेत्रमा हाल रहेका सबै अस्ट्रेलियालीलाई विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) मा दर्ता गर्न सल्लाह दिइएको छ ।

विदेशमन्त्री पेनी वोङले सोमबार तीन सय ५० अस्ट्रेलियाली नागरिकले इरान छोड्ने इच्छा बारे डिएफएटीलाई सल्लाह दिएका थिए र तीन सय नागरिकले इजरायलका लागि त्यसो गरेका थिए । थप दर्ता हुने अपेक्षा गरिएको छ ।

वोङले सरकारले मानिसहरूलाई सुरक्षित रुपमा उद्धार गर्न मद्दत गर्न विभिन्न योजनाहरूमा काम गरिरहेको बताए । सिन्ह्वा

वि.सं.२०८२ असार ३ मंगलवार १५:३४ मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ...

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

तानसेन (पाल्पा)  । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे...

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...