back
CTIZAN AD

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

वि.सं.२०८२ असार ३ मंगलवार

636 

shares

क्यानबेरा । अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एकजना वरिष्ठ अधिकारीले बताएका छन् ।

रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना बनाइरहेको बताए ।

“अहिले हवाई क्षेत्रहरू बन्द छन्, त्यसैले विमानहरू भित्र छिर्न र बाहिर निस्कन सक्दैनन्, तर हामी अस्ट्रेलियालीहरूलाई निकाल्ने वा ती क्षेत्रहरू फेरि खुल्दा उनीहरूलाई व्यावसायिक उडानहरूमा जान सहयोग गर्ने योजनाहरू तयार गरिरहेका छौँ”, उनले भने ।

यस क्षेत्रमा हाल रहेका सबै अस्ट्रेलियालीलाई विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) मा दर्ता गर्न सल्लाह दिइएको छ ।

विदेशमन्त्री पेनी वोङले सोमबार तीन सय ५० अस्ट्रेलियाली नागरिकले इरान छोड्ने इच्छा बारे डिएफएटीलाई सल्लाह दिएका थिए र तीन सय नागरिकले इजरायलका लागि त्यसो गरेका थिए । थप दर्ता हुने अपेक्षा गरिएको छ ।

वोङले सरकारले मानिसहरूलाई सुरक्षित रुपमा उद्धार गर्न मद्दत गर्न विभिन्न योजनाहरूमा काम गरिरहेको बताए । सिन्ह्वा

वि.सं.२०८२ असार ३ मंगलवार १५:३४ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...