back
CTIZAN AD

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

वि.सं.२०८२ असार ३ मंगलवार

744 

shares

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र) । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएका छन् ।

“इजरायली ड्रोनहरूले नागरिकहरूमा गोली हाने । केही मिनेटपछि इजरायली ट्याङ्कहरूले नागरिकहरूमा धेरै गोली हाने, जसले गर्दा ठूलो सङ्ख्यामा शहीद र घाइते भए” उनले भने ।

इजरायली सेनाले एएफपीलाई उक्त घटनाको ‘जाँच’ गरिरहेको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले पछि घटनाको परिणाम स्वरूप ‘५१ जना शहीद र दुई सयभन्दा बढी घाइते नासेर मेडिकल कम्प्लेक्समा आइपुगेका छन्, जसमा २० जनाको अवस्था गम्भीर छ’ भनेको छ ।

गाजा पट्टी इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच २० महिनाभन्दा बढीको युद्धले ध्वस्त भएको छ र जमिनमा स्थिति निरन्तर बिग्रिरहेको छ ।

हमासद्वारा प्रशासित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार इजरायलले मार्च १८ मा युद्धविरामपछि यस क्षेत्रमा आक्रमण पुनः सुरु गरेदेखि पाँच हजार एक सय ३९ जनाको मृत्यु भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्युको सङ्ख्या ५५ हजार चार सय ३२ पुगेको छ । एएफपी

वि.सं.२०८२ असार ३ मंगलवार १६:१३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...