back
CTIZAN AD

फेदीखोलामा नेपाल स्काउटको ६०६औँ वि.टि.सी दीक्षान्त समारोह सम्पन्न

वि.सं.२०८२ असार ३ मंगलवार

1.3K 

shares

स्याङ्जा । स्थानिय स्काउट फेदीखोला गाउँपालिकाको आयोजनामा, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सहकार्य तथा प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको व्यवस्थापनमा यही जेठ २८ गतेबाट ६ दिन सम्म संचालन रहेको नेपाल स्काउटको ६०६ औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) को दीक्षान्त समारोह सम्पन्न भएको छ ।

फेदीखोला गाउँपालिका अध्यक्ष तथा स्थानिय स्काउट संरक्षक घनश्याम सुवेदीले तालिम पश्चात दीक्षित शिक्षकहरुलाई स्काउट मास्टरको प्रमाण पत्र वितरण गरेका थिए । उनले अब तालिमको समापन भएपनि शिक्षकले विद्यार्थी समाजमा देखाउनु पर्ने स्काउट शिक्षाको आजबाट शुरुवात भएको छ स्काउट मास्टर अग्रपंतिमा रहँदै विद्यालय समाज मा आफ्नो भूमिका देखाउनु पर्ने योजना बनाएर अगी बढ्नु पर्ने गाउँपालिका सरकार उहाँहरुको साथमा रहेको बताउँदै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश प्रमुख आयुक्त सागर पौडेल, वडा नं १ का अध्यक्ष अमृत क्षेत्री, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश शाखा अधिकृत पुष्पा रायमाझी अर्याल, रिता लम्साल, गण्डकी प्रदेश स्काउट कार्यालय अधिकृत विजय पौडेल को विशेष उपस्थिति,नेपाल स्काउट शैक्षिक पद्धति आयुक्त एलिना वि.क, चण्डीडाँडा विद्यालय व्यवस्थापन समितिका सदस्य, प्र.अ, स्काउट प्रशिक्षक, स्काउट मास्टर, लगायत विद्यालयका शिक्षक, प्रशिक्षित शिक्षक, विद्यार्थीहरु सहभागी थिए ।

तालिम पश्चात फेदीखोला गाउँपालिका बाट १५ शिक्षक, पोखरा महानगर पालिकाबाट २ शिक्षक, शुक्लागण्डकी गा.पा बाट २ शिक्षक, गैंडाकोट नगरपालिका बाट १ शिक्षक, व्यास नगरपालिका बाट १ शिक्षक गरी २१ शिक्षक दिक्षीत भएका थिए ।
फेदीखोला गाउँपालिका स्थानिय प्रमुख आयुक्त शोभाकान्त शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

वि.सं.२०८२ असार ३ मंगलवार १६:५४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...