
काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि नाम दर्ता सुरु भएको छ । दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि अनलाइन दर्ता सुरु गरेको हो ।
‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा÷त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,’ दूतावासको सूचनामा उल्लेख छ ।
इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको छ ।
वि.सं.२०८२ असार ४ बुधवार १२:१० मा प्रकाशित