back
CTIZAN AD

पालिकाद्वारा विपन्न परिवारलाई आवास

वि.सं.२०८२ असार ५ बिहीवार

741 

shares

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको आवास संयुक्त रूपमा प्रदान गरिएको हो ।

दश वर्षसम्म बेच्न, भाडामा लगाउन र धितो राख्न नपाउने प्रावधानसहित घर हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “विपन्न नागरिक घरविहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसका आधारमा घर निर्माण गरी संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरिसकिएको छ”, उनले भने ।

आर्थिक वर्ष २०८०÷८१ मा २५ घरका लागि रु आठ लाख र आव २०८१/८२ मा २३ घरलाई रु १० लाख लागतमा बोलपत्रमार्फत प्रक्रिया गरी आवास निर्माण गरिएको हो ।

सङ्कको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । उनका अनुसार आवास सुविधा लिनका लागि परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएका, दोहोरो सुविधा तथा अनुदान नलिएकालगायत प्रमाण पेस गर्नुपर्ने प्रावधान छ ।

अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत, अल्पसङ्ख्यक तथा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । “हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धता जनाएबमोजिम अहिलेसम्म ४६ वटा सम्पन्न गरी हस्तान्तरण गरेका छौँ”, उनले भने ।

गाउँपालिकाका इञ्जिनियर शिव ज्ञवालीले ४८ जना विपन्न परिवारका लागि दुई कोठे पक्की भवन निर्माण गरिएको बताए । पालिकाले घरविहीन नागरिकलाई लक्षित गरी नमूना आवास कार्यक्रम सञ्चालन गरी भवन निर्माणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे । रासस/फाइल फोटो

 

वि.सं.२०८२ असार ५ बिहीवार ११:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...