
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकबाट प्राप्त जाहेरी अझै दर्ता भएको छैन । तर अध्ययनकै चरणमा रहेको प्रहरीले जनाएको छ ।
पाँच करोड रुपैयाँभन्दा बढी रकमको दाबीसहित परेको जाहेरी कसले दिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन ।
वि.सं.२०८२ असार ५ बिहीवार १७:३० मा प्रकाशित