back
CTIZAN AD

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

वि.सं.२०८२ असार ५ बिहीवार

1.5K 

shares

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२को कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको हो । आधुनिक यन्त्रको विकास भएपनि कृषकहरु घट्दै जाने, खेती योग्य भूमि बाझो छोड्ने जस्ता प्रवृत्ति बढिरहेकाले कृषकको नैराश्यता हटाउन गाउँपालिकाले प्रोत्साहान अनुदान दिएको हो ।

जैविक विविधता वातावरणीय प्रभावमा समेत महत्वपूर्ण टेवा पुर्याएका गोरु पालक कृषकलाई सम्मान स्वरूप अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले गाउँपालिका सधै कृषकको साथमा रहेको भन्दै कृषकलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने गरी थप कार्यक्रम ल्याउने प्रतिष्द्धता जनाए ।

‘कृषकको उत्पादन प्रक्रियादेखि बजारीकरण सम्म स्थानिय सरकार कृषकको साथमा छ’, अध्यक्ष सुवेदीले भने, ‘उत्पादनमा आधारित अनुदान, बाझो जमीन उपयोग प्रोत्साहन, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि एम्बुलेन्स जस्ता प्रत्यक्ष किसानले लाभ महसुस गर्ने कार्यक्रम निरन्तर जारी हुन्छ । गोरु पालक कृषकको सम्मानका लागि अनुदान वितरण गरिएको हो । निरास नहुनुहोस् काम गर्ने कृषकको साथमा गाउँपालिका छ ।’

कार्यक्रमममा एक हल गोरु बराबर १० हजारका दरले दुई सय २४ कृषकका दुई सय ८९ हल गोरुका लागि १४ लाख, ४५ हजार रुपैयाँ अनुदान वितरण गरिएको थियो । यस आर्थिक वर्षमा वडा नं १, २, ३, ४ का कृषक समेटिएका छन् ।

जसमा वडा नं १ मा ३२ गोरुका २४ कृषक, वडा नं २ मा ३६ गोरुका ३२ कृषक, वडा नं ३ मा ६६ गोरुकाा ५४ कृषक, वडा नं ४ मा ९५ गोरुका ७४ कृषक लाभान्वित भएका छन् ।

कार्यक्रममा उपाध्यक्ष देऊ कुमारी गुरुङ्ग, वडा नं १,३,४,५का वडा अध्यक्ष, फेदीखोला पशु शाखा प्रमुख लगायतका कर्मचारी, हल गोरु पालक कृषकहरुको सहभागिता थियो । गएको आर्थिक वर्षमा वडा नं ५ का ३० हल गोरु पालक ४० कृषकलाई प्रोत्सान अनुदान वितरण गरिएको थियो ।

वि.सं.२०८२ असार ५ बिहीवार १८:०७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...