back

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

वि.सं.२०८२ असार ७ शनिवार

1.2K 

shares

काठमाडौँ । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन् ।

इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।

परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।”

सरकारको निर्देशनअनुसार भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।

वि.सं.२०८२ असार ७ शनिवार १४:३१ मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको...

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

काठमाडाैँ । एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि...

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेश  । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार...