back
CTIZAN AD

लघुकथा : किनबेच

वि.सं.२०८२ मंसिर २७ शनिवार

2.2K 

shares

इन्दिरा चापागाईं,सूर्यविनायक, भक्तपुर

सांसद मुसुमुसु हाँस्दै घरभित्र पस्यो ।
सुटकेस टेबुलमा राखेर खुट्टा धुन धारातिर गयो ।

बुढीले यसो उचालिन् निकै गरुङ्गो भयो । हतपत खोलेर हेरिन् टन्न पैसा रहेछ ।

‘हिडेर अमेरिका जान्छु एककरोड चाहियो ।’ भन्दै हिँजो मात्र छोराले भात पानी छोडेको थियो ।

‘हिँडेर जाँदा एक करोड चाहिँ केलाई लाग्छ ? कहाँबाट ल्याउँनु त्यत्रो पैसा ?’ भन्दै सांसदले झपारेको थियो । अहिले यत्रो पैसा कहाँबाट ल्याए भनेर बुढी आश्चर्यमा परिन् । आत्तिएर पसिनाले खलखल भइन्। “कहाँबाट ल्यायौ यतिका पैसा ?” उनले एकै सासमा सोधिन् ।

“के आत्तिएकी ? चोरेर ठगेर ल्याएको होइन त । व्यापार गरेँ, व्यापार ।”

“होइन व्यापार गर्नलाई चाहिँ के थियो हँ तिमीसँग ?” छक्क पर्दै बुढीले सोधिन् ।

“जे भए पनि तँलाइ के खाँचो, आफूसँग जे थियो, त्यही बेचेँ भो अब । यति भए जिन्दगी बन्छ, धेर हल्ला नगर ।” उसले तात्तिँदै भन्यो ।

“ थाहा त पाउँनु पर्यो नि । भन न, किड्नी बेच्यौ कि के हो ? ।” बुढीले नम्र भएर अनुरोध गरिन् ।

“आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दिन थियो थाहा छ त तँलाई ?”

“थाहा छ, अनि ?”

“ आफ्नो दललाई धोका दिएर मैले एक मत बेचेँ, प्रतिपक्षी दलले किन्यो, बस् ।”

वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:१३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...