back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ मंसिर २७ शनिवार

1.5K 

shares

वेदु न्यौपाने,काठमाडौँ

१.
कायम होस् अमनचयन
सम्पूर्ण देशभर कतै
सरकारले नगरोस् दमन ।

२.
जनतालाई हराउँदै जाने
गर्ने आफैँमात्र कारोबार
कसैलाई नदिई खाने ।

३.
सरकार सोँचेर गर
गरिब र दुःखीहरूलाई
रासन, पानी भर ।

४.
कलिला ज्ञानका दाजुभाई
तिमीहरू साहसी बन
अघि सर बोल्नलाई ।

५.
कर्मैले गरायो खेल
दाजुभाइ दिदीबहिनी एकाअर्कामा
गरौँ सबैले मेल ।

६.
चुक्यो कुराको खेल
भित्रभित्रै सङ्गठन बलियो
गराए राजनीतिमा मेल ।

७.
दिनभर सहर डुले
झिल्कामा आउन भ्याएनन्
सबै साथीभाइ भुले ।

८.
कसरी जान्ने कुरा
मन भरियो भनेर
भित्रभित्रै चलायो छुरा ।

९.
माहोल भयो गुलियो
हेर्दाहेर्दै मन्दिरमा मेला
दिनभर उतैतिर भुलियो ।

१०.
कौतुहल कसरी जानौँ
सबको राय एउटै
हुन्छ भनेर मानौँ ।

 

वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:१५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...