back
CTIZAN AD

सुसेलीहरू

वि.सं.२०८२ मंसिर २७ शनिवार

1.3K 

shares

केसर बोहरा ‘सङ्घर्ष’
सुदूरपश्चिम अछाम, हाल -भारत

बाजा बजाऊ
त्यो दाइको घरमा
लक्ष्मी सजाऊ ।१।

पानी धाराको
अनौठो नै मान्छे छ
दामी पाराको ।२।

आमा रुन्छिन् है
बिहान र बेलुका
आँसु धुन्छिन् है।३।

नयाँ वर्षले
जीवनमा ढुक्क भै
बाँचौ हर्षले ।४।

माला उनेर
नफसाऊ मायामा
जाल बुनेर ।५।

पानी कुवाको
धेरै माया लाग्छ हो !
मेरा बुवाको ।६।

सिंह गर्जिए
सम्पूर्णको घरमा
लक्ष्मी बर्सिए ।७।

लक्ष्मी माता हुन्
संसारमा मानिने
ठूली ज्ञाता हुन् ।८।

कृति राखेर
सुसेलीमा रमाऊ
मन आँटेर ।९।

आँट गरेर
छर्नुपर्छ सुसेली
शब्द भरेर ।१०।

वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:२२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...