मिरा ज्ञवाली (आस्था)
कीर्तिपुर, काठमाडौँ
समयको मागसँगै चल्न सिक्नुपर्छ ।
बाती जस्तै हरपल जल्नसिक्नुपर्छ ।
परिवर्तन नयाँ चाहान्छौ भने तिमी
विचारलाई पनि बदल्न सिक्नुपर्छ ।
अन्धकारमा रोएर बस्नहुन्न साथी
दीप जस्तै पीडामा झन् बल्न सिक्नुपर्छ ।
पर्छन् सबका नजर सधै तिमी प्रति
डाली जस्तै रूप र गुणले फल्न सिक्नुपर्छ ।
सबैको प्यारो हुनलाई पलपल यहाँ
यता उताको कुरा गरी छल्न सिक्नुपर्छ ।
अनुप्रास – अल्न
अन्त्यानुप्रास – सिक्नुपर्छ
वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:११ मा प्रकाशित






























