अरुण खड्का, कीर्तिपुर, काठमाडौं
उनी वचनले मन दुखाउँदै थिए
चुसेर खुन बदन सुकाउँदै थिए
गए मबाट बिच्किई जो व्यर्थमा
खुलेर अन्त ती रमाउँदै थिए
भलै विचार भिन्न राख्दथे उनी
जसोतसो वचन निभाउँदै थिए
दिनेछु साथ भन्दथे मलाई जो
उनै अरूको घर सजाउँदै थिए
नवीन सोच राख्छु भन्दथे उनी
कथा पुरानो खुद सुनाउँदै थिए
बहर – हजज मुसद्दस सालिम मकबुज
अर्कान – मफाइलुन् ×३
वजन – १२१२ / १२१२ / १२१२
काफिया – आउँदै
रदीफ – थिए
अभ्यास – स्वर्ण पाठशाला
वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:०१ मा प्रकाशित






























