back
CTIZAN AD

टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा

वि.सं.२०८२ असार ८ आइतवार

708 

shares

टोकियो । टोकियो महानगरीय सभा (मेट्रोपोलिटन एसेम्बली)का लागि आइतबारदेखि मतदान सुरु भएको छ, जुन सर्वेक्षणलाई केन्द्र सरकारप्रति जनभावनाको प्रमुख ब्यारोमिटररूपमा हेरिएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्र्याटिक पार्टीले महँगी र चामलको उच्च मूल्यका कारण लोकप्रियता गुमाएको छ तर पनि यसले महानगरको विधायिकामा सबैभन्दा ठूलो दलको रूपमा आफ्नो स्थान कायम राख्ने आशा गरेको छ ।

“हामी हाम्रा सबै उम्मेदवारको पक्षमा मतपरिणाम ल्याउनका लागि सबै काम गर्नेछौँ।,“ इशिबाले यसै महिनाको सुरुमा चुनावी अभियान सुरु हुँदा पत्रकार सम्मेलनमा भनेका थिए । टोकियोका करिब एक करोड ४० लाख बासिन्दालाई प्रभावित पार्ने स्थानीय मुद्दाहरू समाधान गर्न आफ्नो पार्टीको विकल्प नरहेको दाबी गरे ।

टोकियोले जुलाई २० मा हुन लागेको टोकियो विधानसभा (जापानको व्यवस्थापिकाको माथिल्लो सदन) को निर्वाचनलाई नजिकबाट नियालिरहेको छ किनकि माथिल्लो सदनको निर्वाचन जुलाई २० मा हुनसक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गत अक्टोबरमा तल्लो सदनको चुनावमा बहुमत गुमाइसकेका इशिबा आफ्नो गठबन्धनको बहुमत कायम राख्न प्रयासरत छन् ।

स्थानीय सञ्चार माध्यमले चुनावी पराजयले पार्टी नेतृत्व परिवर्तन हुनसक्ने अनुमान गरेका छन् ।

गत अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई महिनौंदेखि जनताको समर्थन निकै न्यून रहेको छ । उनको कार्यकालमा चामल र अन्य सामानमा महँगी बढेको छ ।

यस महिना गरिएको सर्वेक्षणले धानको मूल्यको समस्या समाधान गर्न नयाँ नीतिहरूको कारण समर्थनमा केही वृद्धि भएको देखाएको छ ।

मतदान केन्द्र स्थानीय समयानुसार राति ८ बजे बन्द हुनेछन् ।

आइतबारको चुनावमा रेकर्ड २९५ उम्मेदवारहरूले भाग लिएका छन् ।

विश्व आर्थिक मञ्चका ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स’मा यस वर्ष १४८ देशमध्ये ११८ औँ स्थानमा रहेको जापानमा सन् १९९७ पछि सबैभन्दा बढी ९९ महिला उम्मेदवारहरू सहित (अहिलेसम्मको सबैभन्दा बढी) हुन लागेको मतदानलाई अधिकारीहरूले जापानको चुनावको ‘रमणीय प्रवृत्ति’ को रूपमा प्रशंसा गरेका छन् । एएफपी

वि.सं.२०८२ असार ८ आइतवार १६:४१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...