back
CTIZAN AD

विद्यार्थीलाई सेनाद्वारा ‘एनसीसी’ तालिम

वि.सं.२०८२ असार ९ सोमवार

447 

shares

काभ्रेपलाञ्चोक । नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरुआत गरेको छ । धुलिखेलस्थित श्री मेहर गणले आजदेखि जिल्लाका आठ विद्यालयमा उक्त तालिम थालनी गरेको हो ।

गणले विद्यालय र विद्यार्थी छनोट गरी तालिम सुरु गरेको जनाएको छ । बनेपा नगरको विद्यासागर अङ्ग्रेजी माध्यामिक विद्यालय, नाइटिङ्गेल एकेडेमी, महेन्द्र मावि साँगा र बेलर इन्टरनेसनल एकेडेमी, पनौतीको सिद्धार्थ वनस्थली र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र मण्डनदेउपुरको मण्डन भ्याली एकेडेमी छनोट भएका हुन् । ती विद्यालयका ३० विद्यार्थीको हाराहारीमा सहभागी भएको गणले जनाएको छ । सबै विद्यालयमा अभिभावकसँग अन्तक्र्रिया गरेर विद्यार्थी छनोट गरिएको गणपति धन रानामगरले बताए ।

छनोट भएका विद्यार्थीलाई लत्ताकपडा, जुत्तालगायत सामग्री प्रदान गरिसकिएको छ । तालिम कार्यक्रम तालिकाअनुसार सिनियर र जुनियर डिभिजन दुई प्रकार हुन्छन् । तालिमको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सृजना गर्नु रहेको जनाइएको छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनले दश जोड दुईका विद्यार्थीलाई अवसर प्रदान गर्छ । हरेका विद्यालयमा सङ्ख्याका आधारमा आधा छात्र र आधा छात्रालाई सहभागी गराइन्छ ।

यस्तै ‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न तालिम दिइने गरिन्छ । तालिम विशेषगरी सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ ।

यस तालिम कार्यक्रममासम्बन्धित विद्यालयमा ७९ दिने सञ्चालन हुन्छ भने बाँकी २१ दिन क्याडेटका लागि नेपाली सेनाको ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिन्छ । एक सय दिनको प्रशिक्षणपश्चात सम्पूर्ण चरण पार गरेपछि उनीहरुलाई योग्यताअनुसारको दज्र्यानी चिह्न प्रदान गरिन्छ ।

नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा प्रत्येक वर्ष सात हजार ७०० भन्दा बढी क्याडेट दीक्षित हुने गराउँदै आएको छ । एनसिसीको स्थापना भएदेखि हालसम्म ८० हजारभन्दा बढी क्याडेट दीक्षित भइसकेको जनाइएको छ । तालिम अवधिमा क्याडेटहरूलाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्व कला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, खेलकुदजस्ता विभिन्न किसिमका तालिम दिइन्छ । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ ।

सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०२२ साल कात्तिक ७ गतेबाट उक्त तालिम सुरु गरेको थियो । जिल्लामा भने आव २०७१÷७२ बाट यस्तो तालिको सुरुआत गरिएको हो । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

 

वि.सं.२०८२ असार ९ सोमवार ११:३० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...