back
CTIZAN AD

‘एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँ’

वि.सं.२०८२ असार ९ सोमवार

552 

shares

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताएका छन् । पन्ध्रौँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला एकल महिला समूहद्वारा आज ललितपुरमा आयोजित समारोहमा मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले एकल महिलाले धेरै पीडा भोग्नुपरेको कुराका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै आफ्नो पहिलो कार्यकालदेखि नै सहकार्य गरेर काम गर्दै आएको बताए ।

“कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध कायम ग¥यौँ, कोरियाको कृषिको राम्रो काम हामीले भित्र्याउन प्रयास गरियो, त्यसको सुरुआत सुनाकोठीको छहारी एकल महिला समूहलाई सहयोग गरेर काम गरिरहेका छौँ, महानगरभित्रका हरेक एकल महिला समूहसँग राम्रोसँग सहकार्य गरेर काम गरिरहेका छौँ, भविष्यमा पनि गर्छौं”, उनले भने । महानगरप्रमुख महर्जनले ललितपुरले सामाजिक क्षेत्रमा राम्रो काम गरिरहेको छ भन्दै त्यसमा एकल महिलाको हितका लागि गरिएको काम पनि महत्वपूर्ण कार्यका रुपमा रहेको बताए ।

युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेनले एकल महिलाको न्यूनतम आवश्यकता परिपूर्ति, स्वाभिमानको प्रत्याभूतिहरुका लागि ध्यान दिनुपर्ने र उनीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले सक्षम बन्न र आर्थिक सशक्तिकरणका लागि एकल महिलाको सङ्घर्ष अझै बाँकी रहेको धारणा राखे ।

वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले एकल महिलाहरुलाई सशक्त र सक्रिय बनाउन वडा तहबाट धेरै कार्यक्रम उपलब्ध गराउँदै हौसला बनाउने तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको जानकारी गराए ।

सभा नेपालका अध्यक्ष उषा डङ्गोलले एकल महिलाहरुको अहिले पनि आर्थिक र मानसिक पीडा अझै चुनौतीपूर्ण रहेको बताए । मानवअधिकारका लागि महिला एकल महिला सामूहिक अध्यक्ष कविता पाँडेले एकल महिलाका पीडा र समस्यालाई हेर्ने सोच राम्रो हुनुपर्ने बताए ।

‘जीवन निर्माण र मर्यादा पुनस्र्थापित गर्न एकल महिलाहरूलाई सशक्त बनाऔँ’ भन्ने नारासहित १५औँ अन्तरराष्ट्रिय एकल महिला दिवस मनाइएको हो । सन् २०१० मा सयुक्त राष्ट्रसङ्घद्वारा जुन २३ को दिनलाई अन्तरराष्ट्रिय एकल महिला दिवसका रुपमा पारित गरेको थियोे । सोही अनुसार सन् २०११ देखि एकल महिलाका क्षेत्रमा कार्य गर्ने विभिन्न मुलुकका सङ्घ संस्थाहरुले समेत अन्तरराष्ट्रिय एकल महिला दिवस मनाउँदै आइरहेका छन् । नेपालमा पनि मानव अधिकारका लागि महिला, एकल महिला समूहले विभिन्न वकालतमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरबाट नै एकल महिलामाथि हुने विभेद र असमानताको अन्त्य हुनुपर्दछ भनिए तापनि लैङ्गिक विभेद, सामाजिक सांस्कृतिक संरचनाका कारणले एकल महिलाले सम्पत्तिमाथिको अधिकार प्राप्तिमा कठिनाइलगायत अन्य विभेद तथा दुव्र्यवहार लामो समयदेखि नै भोग्दै आइरहेको अवस्था छ ।

 

वि.सं.२०८२ असार ९ सोमवार १४:३१ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...