back
CTIZAN AD

इरानले भन्यो, ‘सर्त मन्जुर भए हामी युद्धविराम गर्न तयार छौँ’

वि.सं.२०८२ असार १० मंगलवार

858 

shares

एजेन्सी । इरानले इजरायलले आक्रमण बन्द गरेमा आफूले पनि थप आक्रमण नगर्ने बताएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अरग्चीले सामाजिक सञ्जालमार्फत यदि इजरायलले आफ्नो ‘अवैध आक्रमण’ तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने जानकारी दिएका हुन् ।

‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् । इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले गरेको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको अरग्चीले बताएका छन् ।

उनले आफ्ना वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दै शत्रुको हरेक आक्रमणको अन्तिम क्षणसम्म देशको रक्षा गर्न तत्पर रहेको उल्लेख गरेका छन् । यसअघि, विदेशमन्त्री अरग्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो तत्काल कुनै युद्धविराम सम्झौता नभएको र यसबारे पछि निर्णय गरिने जानकारी दिएका थिए ।

यसैबीच, समाचार एजेन्सी रोयटर्सले एक अपरिचित इरानी अधिकारीले युद्धविराममा सहमति जनाएको पुष्टि भएको उल्लेख गरेको छ । रोयटर्सका अनुसार इजरायललाई भने ट्रम्पले पहिले नै युद्धविराममा सहमति गराइसकेका थिए । यद्यपि, इरानले थप आक्रमण नगरेमा मात्र युद्धविराम लागू हुने सर्त इजरायलले राखेको बताइएको छ ।

वि.सं.२०८२ असार १० मंगलवार १०:१४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...