back
CTIZAN AD

जनप्रतिनिधिबीचको असमझदारीले अन्यौलमा पर्यो बिहादी गाउँपालिकाको बजेट

वि.सं.२०८२ असार ११ बुधवार

738 

shares

पर्वत । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० भित्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरे पनि विहादी गाउँपालिकाले भने निर्धारित मितिमा गाउँसभा सञ्चालन गर्न नसक्दा आगामी आर्थिक वर्ष विसं २०८२÷८३ को बजेट तथा नीति कार्यक्रम अन्यौलमा परेको छ ।

गाउँ कार्यपालिकामा निर्वाचित भएका नेपाली कांग्रेस र नेकपा (एमाले)का जनप्रतिनिधिबीच असमझदारी बढेका कारण निर्धारित समयमा गाउँसभा हुन नसकेको हो । भूमि बैंक स्थापनाको विषयमा कांग्रेस र एमालेका जनप्रतिनिधिबीच विवाद हुँदा सो गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकिएको छैन ।

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष परवीन गुरुङले भूमि बैंक स्थापना गर्नुपर्ने नीतिसहित कार्यक्रम ल्याउने तयारी गरेको भए पनि उपाध्यक्ष मिना शर्मा तिवारी पक्षले असन्तुष्टि जनाएपछि समस्या उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा रु १० लाख बजेट राखेर यसलाई अगाडि बढाउनुपर्ने अडान अध्यक्ष गुरुङको रहेको छ । उपाध्यक्ष तिवारीले कार्यपालिकाले कार्यविधि नबनाएकाले खर्च नहुने शीर्षकमा बजेट राख्न नहुने भन्दै विरोध जनाएका छन् । उपाध्यक्ष तिवारीले यो एउटा विषय भए पनि अन्य विषवस्तुमा समेत सहमति कायम गर्न बाँँकी रहेको जानकारी दिए । “भूमि बैंक राख्ने कि नराख्ने भन्ने विषयले बजेट आउन नसकेको हो”, तिवारीले भने, “उक्त विषय छलफलकै चरणमा रहेको छ ।”

पालिकाभित्रबाट बसाइँसराइको दर बढ्दै जाँदा खेतीयोग्य जग्गा जमिनसमेत बाँझो रहने क्रम बढेपछि भूमि बैंकको अवधारणा ल्याउन लागिएको अध्यक्ष गुरुङको भनाइ छ । गुरुङले भुमि बैंक अवधारणा आफू निर्वाचित भएर आएदेखि नै सुरु गर्न खोजे पनि राजनीतिक खिचातानीले लागू हुन नसकेको बताए ।

कुनै राजनीतिक आग्रह पूर्वाग्रह नभइ समग्र गाउँपालिकावासीको हितलाई मध्यनजर गरेर भूमि बैंंक अवधारणा ल्याए पनि त्यसलाई राजनीतिकरण गरेर लागू गर्न अवरोध सिर्जना गरिएपछि समस्या उत्पन्न भएको बताउँदै छिट्टै आपसी छलफल र सहमति गरेर आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बताए ।

पर्वतका दुई नगरपालिका र अन्य चार गाउँपालिकाले भने सोमबार र मङ्गलबार आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

 

वि.सं.२०८२ असार ११ बुधवार १६:२८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...